सिर्जनसिल विद्या निकेतनको पहिलो बार्षिकोत्सव कार्यक्रम सम्पन्न


लेखक : सुन्दराञ्चल      फाल्गुन ४, २०८० मा प्रकाशित     
सिर्जनसिल विद्या निकेतनको पहिलो बार्षिकोत्सव कार्यक्रम सम्पन्न

फागुन ०४,  धनगढी–१३ स्थित सिर्जनसिल विद्या निकेतनको पहिलो बार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।
सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत तथा प्रबक्ता हेमराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममामा बरिष्ठ आयुर्वेद डाक्टर खगेन्द्र बम, धनगढी–१३ का कार्यवहाक अध्यक्ष हिरालाल राना, समाजसेवि छत्रराज जोशी, दिर्घराज भट्ट विशिष्ट अतिथी रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी रहेका खड्काले गुणस्तरिय र आधुनिक शिक्षा अहिलेको आवश्यकता भएको बताए । उनले विश्वव्यापि रुपमा बालबालिकालाई प्रतिष्पर्धी बनाउन सकेमात्रै शैक्षिक संस्थाको दिगोपन हुने भन्दै सिर्जनसिल विद्या निकेतन परिवारलाई नविनतम शिक्षा प्रदान गर्न सुझाव दिए ।
पछिल्लो समय किशोरा अवस्था देखिनै कुलतमा लाग्ने र परिवार समाज तथा राष्ट्रलाईनै नकारात्मक असर पार्ने गतिविधिमा विद्यार्थी लाग्ने गरेको बताउँदै खड्काले बालबालिकालाई कुलतबाट जोगाउने दायित्व पनि विद्यालयको भएको बताए ।

विद्यालयमा नियमित कार्यक्रम सञ्चालन भइरहदा अविभावकसंग पनि निरन्तर छलफल गरी विद्यार्थीको सर्वाङ्गीण विकासका हातेमालो गर्नुपर्नेमा उनले जोड दिएका छन् । कार्यक्रममा बरिष्ठ आयूर्वेद डाक्टर खगेन्द्र बमले संस्थागत विकासका लागि पेशागत इमान्दारिता हुनु आवश्यक हुनेमा जोड दिए । ‘संस्थालाई सफल बनाउन त्यहाँ कार्यरत कर्मचारीको दक्षता संगै लगनसिलता र इमान्दारिता आवश्यक हुन्छ,’ बमले भने, ‘कर्मचारी इमान्दार भए संस्थाको भीजन सफल हुन्छ ।’उनले विद्यार्थीलाई सफल बनाउने वा असफल बनाउने भन्ने कुरा शिक्षक संगै अभिभावकको भूमीकाले पनि तय हुने भन्दै अभिभावकलाई आफ्ना बालबालिकाको निग्रानी गर्न र नियमित विद्यालयका शिक्षक संग समन्वय गर्न सुझाव दिए ।

डाक्टर बमले विद्यार्थीलाई सफल बनाउन विद्यालयमा पुस्तकालय स्थापना गर्न पनि सुझाव दिएका छन् । पुस्तकालयमा सफल व्यक्तिको जीवनीमा आधारित पुस्तक राख्न पनि उनले सुझाव दिए । सफलताका पुस्तक पढ्दा विद्यार्थीलाई सकारात्मक प्रोरणा प्राप्त हुने र उनिहरुले गलत कुरालाई त्यागेर योग्य नागरिक बन्न संघर्ष गर्न अभिप्रेरित हुन सक्ने उनले बताए ।
समाजसेवि छत्रराज जोशीले विद्यालयले गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताए । अहिलेको परिवेसमा विद्यार्थीले विश्वको जुनसुकै कुनामा गए पनि त्यहाँको परिवेस संग घुलमिल हुन सक्ने शिक्षाको खाँचो रहेको उनले औंल्याए । तर आधुनिक शिक्षा संगै हाम्रो मौलिकता र संस्कारका कुरा पनि विद्यार्थीलाई सिकाउनु आवश्यक रहेको उनले बताए ।
समाजसेवि दिर्घराज भट्टले पनि विद्यार्थीलाई मौलिक ज्ञान दिन सुझाव दिए । पश्चिमा शिक्षामा जोड दिंदा नवयुवकहरु आफ्नो संस्कार र संस्कृतिलाई विर्सनथालेका भन्दै उनले संस्कार जोगाउन शैक्षिक संस्थाले भूमीका खेल्नुपर्नेमा जोड दिए ।

विद्यालयका प्रबन्ध निर्देशक खडकराज ओझाको अध्यक्षतामा समपन्न कार्यक्रम सञ्चालन शिक्षकद्वय प्रज्ञा अवस्थी र हिमाल खड्काले गरेका थिए भने, शिक्षक पुष्पराज जोशीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
बार्षिकोत्सव कार्यक्रमका अवसरमा विद्यालयले आयोजना गरेका अतिरिक्त क्रियापलापमा उत्कृष्ट भएका विद्यार्थीतथा कक्षामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap