फाल्गुन ३, सुशील कोइराला मेमोरियल अन्डर–१९ राष्ट्रिय टि–ट्वान्टी प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । बाँकेको कोहलपुर नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमले कोहलपुर मेयर–११ लाई २ विकेटले पराजित गर्यो ।
कोहलपुर क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा कोहलपुर मेयर–११ ले दिएको १०३ रनको लक्ष्य सुदूरपश्चिमले ८ विकेट गुमाएर अन्तिम बलमा भेटायो ।
अन्तिम बलमा १ रन आवस्यक हुँदा हिसिला खड्काले चौका प्रहार गर्दै सुदूरपश्चिमलाई जित दिलाईन् । सुदूरपश्चिमको लागि ओपनर मनिषा बोहराले सर्वाधिक ४१ रन योगदान दिईन् । प्लेयर अफ द म्याच घोषित बोहराले ४१ बलमा ५ चौका प्रहार गरिन् । कप्तान स्नेहा महराले १६ रन, निलम पाण्डेले ९ रन, रबिना साउद र अनु कडायतले समान ८ रन तथा हिसिला खड्काले अविजित ६ रन बनाईन् ।
यस अघि टस जितेर ब्याटिंग गरेको कोहलपुर मेयर–११ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रन बनायो । कोहलपुरको लागि कप्तान सना प्रविनले सर्वाधिक ४१ रन योगदान दिईन् । ओपनिंग ब्याटिंग गर्दै अविजित रहँदै प्रविनले ५४ बलमा ३ चौका मद्दतले ४१ रन बनाईन् । रिया शर्माले अविजित १४ तथा तृष्णा विश्वकर्माले १२ रन बनाईन् । सुदूरपश्चिमको बलिंगमा अनु कडायत र स्नेहा महराले २÷२ विकेट लिए । अनुले ४ ओभरमा २८ रन तथा स्नेहाले ४ ओभरमा १ मेडन गर्दै ८ रन खर्चिन् । उपाधि सहित सुदूरपश्चिम प्रदेशले एक लाख रुपैयाँ हात पार्यो । उपविजेता कोहलपुर मेयर–११ ले पचास हजार रुपैयाँ पायो । प्रतियोगिताकै उत्कृस्ट खेलाडी कोहलपुर मेयर–११ कि कप्तान सना प्रविन घोषित भईन् जसले १५ हजार रुपैयाँ हात पारिन् ।
उत्कृस्ट बलर गण्डकी प्रदेशकि रचना चौधरी तथा उत्कृस्ट ब्याटर कोहलपुर मेयर–११ कि सना प्रविन घोषित भईन् जसले समान ५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै उदयमान प्रतिभा सुदूरपश्चिम प्रदेशकि सावित्री धामी घोषित भईन् ।
।