बाजुराको गुइगाड खोलाको पक्की पुलमा एक पटक एउटा गाडी मात्र…?


लेखक : सुन्दराञ्चल      फाल्गुन ३, २०८० मा प्रकाशित     
बाजुराको  गुइगाड खोलाको पक्की पुलमा एक पटक एउटा गाडी मात्र…?

बाजुरा फाल्गुन ३: बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा एक पटकमा एउटा मात्र गाडी आउजाउ गर्ने साइनबोर्ड टाँस गरिएको छ । दुई वर्षअघि बनेको ६० मिटर लम्बाइ भएको सो पुलका लागि पाँच करोड ९६ लाख १२ हजार १३० रुपियाँ लगानीमा रोजेन्द्र थेगिम जेभी कैलालीले निर्माणको जिम्मा लिएको थियो ।

पुलको लोड टेस्ट गर्दा एउटा मात्र गाडीलाई आउजाउ गर्न सहज भएकाले अहिले एक पटकमा एउटा मात्र गाडी हिँड्ने गरेर साइनबोर्ड टाँस गरेको सडक डिभिजन कार्यालय साँफेबगर अछामले जनाएको छ । सडक डिभिजन कार्यालय अछाम र पुल महाशाखाबाट आएको इन्जिनियरको टोलीले पुलमा १५\१५ टनका तीन गाडी हाल्दा पुल चर्किएपछि एक पटकमा एउटा मात्र गाडी गुडाउन साइनबोर्ड टाँस गरिएको जनाएको छ ।

उक्त पुल मात्रै होइन बाजुराका अन्य करोडौँ रुपियाँका भौतिक पूर्वाधार निर्माणका योजना पनि ठेकेदारको लापरबाहीका कारण अस्तव्यस्त हुने गरेका छन् । म्याद थपिन्छ काम लम्बिन्छ । यस विषयमा सरोकारवाला निकायलाई भने कुनै चासो नभएको स्थानीय बताउँछन् । ४५ टनको भार लोड धान्नुपर्ने सो पुलले लोड धान्न नसकेपछि एक पटक एउटा मात्र गाडी चल्ने गरेर बोर्ड टाँस गरेको सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी आकाश श्रेष्ठले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap