बुधबार २, फागुन देशका धेरैजसो ठाउँमा मौसम बदली भएको छ । मौसमविद्हरुले आज हल्का पानी पर्ने बताए पनि अहिलेसम्म कतै पनि पानी परेको छैन । तर बेलुकासम्म कोशी, मधेश, बाग्मती, लुम्बिनी तथा कर्णाली प्रदेशका एक, दुई ठाउँमा हल्कादेखि छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो ।
आज रातिदेखि पश्चिम नेपालको मौसममा सुधार हुने तथा बाग्मती, कोशी र मधेश प्रदेशमा भने भोलि बिहानदेखि मौसम खुल्ने पनि मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो ।