धनगढी १ फागुन, कैलाली को मोहन्याल ७ कुहिनेको अरनिको आधारभुत विद्यालयमा शिक्षिका बिच कुटाकुट भएको छ । बिद्यालयकी प्रावि स्थाई दरबन्दीकी शिक्षीका देवकी जोशी र वालबिकास शिक्षिका रिता बिष्ट बिच कुटाकुट भएको हो । माघ २६ गते शुक्रबार बिद्यालय समयमा दुबै शिक्षिका बिच कुटाकुट भएको विद्यालयका प्राधानाध्यापक लोकराज धमलाले जानकारी दिएका छन् ।
शिक्षिका बिष्टले आफ्नो औला काटेको देबकी जोशीले आरोप लगाकी छन् । जोशी अहिले आफुलाई असुरक्षा भएको भन्दै प्रअलाई जानकारी गराई धनगढी घरमा बसेको बताएकी छन् । उता बिद्यालय व्यबस्थापन समितिले दुबै पक्षलाई छलफल गराई बिवाद मिलाउन माघ २९ गते बैठक राखिएको समितिकी अध्यक्ष हस्तनाकुमारी माँझीले बताएकी छन् ।
बैठकमा दुबै पक्ष उपस्तिथी नभएका कारण बैठक बिना निश्कर्ष टुङ्गिएको अध्यक्ष माझीले बताएकी छन् । शिक्षिका बिष्ट बैठकमा उपस्थित भएपनि जोशी आफु असुरक्षीत नभएको भन्दै बैठकमा सहभागि भएको छ्रैनन् । शिक्षिका जोशीलाई चारदिन भित्र हाजिर हुन पत्राचार गरेको व्यबस्थापन समिति अध्यक्ष माझिले जानकारी दिएकी छन् ।