महादेव गिरी संवाददाता
माघ २७, धनगढी, धनगढीको स्टेपीङ स्टोन इङलिस स्कूलले राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । इलामबाट मध्य पहाडी राजमार्ग हुँदै बैतडीबाट महेन्द्रनगर आईपुगेका डाक्टर महावीर पुन आज धनगढीको स्टेपीङ स्टोन इङलिस स्कूलमा पुगेकाका डा. पुनलाई सम्मान गरेको छ। आज शनिबार स्कूलको ३२ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय आविस्कार केन्द्रलाई ५१ हजार रुपैयाँ सहयोग गरेको हो । सहयोग रकम केन्द्रका अध्यक्ष डा। महावीर पुनलाई हस्तान्तरण गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतराज ओझाको अध्यक्षतामा भएको कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यमा शनिवार विद्यालयको ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो।
वार्षिकोत्सव कार्यक्रममा प्रदेश सभा सदस्य शिवसिंह ओली, वैज्ञानिक डाक्टर महावीर पुन, प्राध्यापक डाक्टर हेमराज पन्त, नास्ट कलेजका निर्देशक शिवहरि शर्मा मुडभरी, ऐश्वर्य विद्या निकेतनका प्रधानाध्यापक पिएन ओझा, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशी, दृष्टि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्ट, गौ सेवा समितिकी सञ्चालक रिता अवस्थी, विद्यालयका प्रधानाध्यापक रामजी हमालसहित लामो समयसम्म विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो।
पुनलाई विद्यालयले सम्मान समेत गरेको छ । ३२ औँ बार्षिक उत्सवमा समारोहमा बोल्दै डा. पुनले यदि आप्mनो छोरा,छोरीलाई समयमै शिजनशिलता साक्षेरता,उद्योमी,व्यवसायी,बनाउनु छ भने हामीले छोरा छोरीको रुचिलाई बुझेर अभिभावक, समाज, सरोकार बालाले लाग्नु प्रर्ने डा. पुनले बताए ।
स्कूलको ३२ औँ वार्षिक उत्सवका प्रमुख अतिथि एवं सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले पुनलाई खादा ओढाएर सम्मान गरेका हुन् । कार्यक्रममा पुनले आफुले किताव विक्रि गरेर बीरगंजको कृषि औजार कारखाना संचालन गरेर प्रतिबद्ध्ता समेत गरे । त्यसैका लागि अहिले किताव विक्रि गर्न देश दौडाहमा रहेको उनले उल्लेख गरे । वार्षिकोत्सव कार्यक्रममा विविध कार्यक्रम गरी विद्यालयको प्राङगणमा सम्पन्न भएको छ ।
