अछामको वैद्यनाथ धाममा १ सय ४४ बर्षमा कोटिहोम लाग्दै , सवा करोड दिप प्रज्वलन गरिने


लेखक : सुन्दराञ्चल      माघ २७, २०८० मा प्रकाशित     
अछामको वैद्यनाथ धाममा १ सय ४४ बर्षमा कोटिहोम लाग्दै , सवा करोड दिप प्रज्वलन गरिने

नेपालको चारधाम मध्येको एक अछामको वैद्यनाथ धाममा १ सय ४४ बर्षमा लाग्ने कोटिहोम महायज्ञ आयोजना हुने भएको छ । साँफेबगर नगरपालिका–१ मा रहेको वैद्यनाथ मन्दिरमा यहि फागुन १० गतेदेखि २५ गते शिवरात्री सम्म कोटिहोम महायज्ञ सञ्चालनहुने भएको हो । शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गदै महायज्ञ मुल आयोजक समितिका संयोजक तथा पुर्व मन्त्री प्रतिनिधि सभा सदस्य सेरबहादुर कुँवरले महायज्ञ तयारीको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । महायज्ञकालागि १ करोड ५० लाख खर्चको अनुमान गरेको छ ,जसमा ८० लाख दानदाताबाट खातामा जम्मा भईसकेको ३५आउन बाँकि रहेको कुँवरले बताउनु भयो । काठ्माण्डौबाट २२ लाख ,धनगढीबाट ७ लाख टिकापुरबाट २ लाख ८० हजार जम्मा भएको छ । यस्तै ५० क्यीन्टल जौ ८सय लिटर घि २५ क्यीन्टल तिल लगाएत को  भै सकेको अन्य ठाँउबाट समेत सहयोग रकम आउने क्रममै रहेको कुँवरले बताउनुभयो । दर्शनार्थी लाई रुद्राक्षको माला बैद्यनाथको लोगो सहितको खादा लगाउने , आउने जाने सबै दर्शनार्थीहरुको शुरक्षाको ब्यवस्था सबै गरेको कुँवरले बताउनु भयो । वैद्यनाथ वेद विद्याश्रमलाई आयुवर्दे माविमा स्तरोन्नती,लोक संस्कृति,लोककला,लोकगाथाको संरक्षण सम्वर्द्धन गर्ने उद्देश्यका साथ कोटिहोमको आयोजना गर्न लागिएको मुल आयोजक समितिका संयोजक कुँवरले जानकारी दिनुभयो ।

वैद्यनाथ धाममा ६÷६ वर्षमा गरिने लक्षहोम सहितको अर्धकुम्भ मेला,१२÷१२ वर्षमा गरिने महालक्षहोम सहितको कुम्भमेला र १ सय ४४ वर्षमा गरिने कोटीहोम महायज्ञसहित महाकुम्भ मेलाको आयोजना गरिदै आएको छ । सोहि परम्परा अनुरुप महायज्ञ गरिन लागेको हो । महायज्ञमा १सय २५ ब्रामणबाट दैनीक पुजा हवन तर्पण र सवा करोड दिप प्रज्वलन गरिने समितिले जानकारी दिएको हो । स्कन्दपुराणको मानसखण्डमा बैद्यानाथ माहात्म्य र शिवपुराणमा बैद्यानाथको बारेमा बर्णन गरिएको छ ।
महायज्ञको उद्घाटन राष्टपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रम तय भएको कुँवरले जानकारी दिनुभयो । महायज्ञको लागि आर्थीक संयोजक प्रदेशसभा सदस्य माननिय मेघराज खण्काले आर्थीक व्यवथापन सबै ठाँउबाट भैइ रहेको बताउनु भयो । प्रधानमन्त्री लगाएत राष्ट प्रमुख मन्त्रीहरु लाखौ भक्तहरुले कोटिहोम महायज्ञको दर्शन गर्ने छन् । पत्रकार सम्मेलनमा कैलालीका संयोजक पुष्पराज कुँवर लगाएत समितिका पदाधीकारी , प्रदेश सभा सदस्य मानबहादुर रावल ,नृप सुनार ,अछाम सेवा समितिका अध्यक्ष लगाएतको उपस्थीति रहेको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap