चैतन्य पाठशालामा माघ १६ गते देखी २२ गते सम्म सञ्चालन भएको चैतन्य स्टिम वर्कसप आज सम्पन्न


लेखक : सुन्दराञ्चल      माघ २२, २०८० मा प्रकाशित     
चैतन्य पाठशालामा माघ १६ गते देखी २२ गते सम्म सञ्चालन भएको चैतन्य स्टिम वर्कसप आज सम्पन्न

महादेव गिरी संवाददाता

माघ २२ धनगढी, धनगढीमा रहेको चैतन्य पाठशालामा सञ्चालन भैरहेको चैतन्य स्टिम वर्कसप माघ १६गते देखी २२ गते सम्म सञ्चालन भएको चैतन्य स्टिम वर्कसप आज सम्पन्न भएको छ ।
माघ १६ गते उद्दघाटन भएको स्टिम वर्कशप २०८० मा सबै विद्यार्थीहरूमा ओरिन्टेसन र विभिन्न क्याम्पहरु निर्माण गरी उड्डयनमा विमान बनाउने देखि उडाउने परिक्षण गरिएको हो । यस्तै विभिन्न प्रोग्रामिङ का कक्षाहरू सञ्चालन गरिएका थिए । चैतन्य पाठशाला साइन्स र रोवोटिस विभागका विद्यार्थीहरुको आयोजनामा माघ १६ गते देखी २२ गतेसम्म स्टिम वर्कसप सञ्चालन भएको थियो ।
स्टिम वर्कसप कार्यक्रममा विभिन्न १२ ओटा विद्यालयका बिद्यार्थीहरु एक हप्तासम्म वर्कसपमा कक्षा चलाउने र महत्वपूर्ण आकर्षणको रूपमा रिमोट कन्ट्रोलबाट बिद्यार्थीहरुबाट प्लेन पनि उडाएका थिए। सहभागि भएका १२ ओटा बिद्यालयका बिद्यार्थीहरुलाई ओरिन्टेसन गरेको प्रमाण पत्र समेत पाठशालाले दिएको थियो ।

यस्तै कार्यक्रमका आकर्षणका रूपमा कृत्रिम बुद्धिमत्ता शिविर, रकेट विज्ञान शिविर, खगोल विज्ञान शिविर रहको थिए । यस्तै रोबोटिक्स शिविर, उड्डयन शिविर, उपग्रह शिविर, ड्रोन प्रदर्शन, भौतिक विज्ञानको जादु, रोमाञ्चक पुरस्कार सँग खेल सिकाई, वैज्ञानिक हार्डवेयर प्रदर्शनी टेलिस्कोप, थ्रिडी प्रिन्टर, रकेटरहेको थियो ।

 

No description available.

 

चैतन्य पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिहँले बिद्यार्थीलाई शिक्षासँगै कला र संस्कृतिको मूल्य मान्यता बिद्यार्थीहरुमा जागृति गराउने र दक्ष, क्षमता वान, अब्बल विद्यार्थी उत्पादन गर्ने यो अरिन्टेटन ७ दिनको मात्र नभएर अब निरन्तर चलिरहने प्रधानाध्यापक कटक बहादुर सिहँले बताए ।
पाठशालाले भबिश्यको बैज्ञानिकको रुपमा राष्ट्रिय रुपमा बैज्ञानिक उत्पादन गरिने उदेश्यले चैतन्य पाठशालामा चैतन्य स्टीम वर्कसप आयोजना गरेको हो । बिद्यार्थीको बिकास गर्ने स्टीम कार्यक्रम बाल्य अवस्था देखी सुरु गरिएकोमा भविश्यमा सहयोग पुग्ने अपेक्षा रहेको कार्यक्रमका प्रमुख अथिति पूर्व रजिष्टार सु.प विश्वबिद्यालय प्रमुख सल्लाकार, चैतन्य पाठशालाका अध्यक्ष, चैतन्य इन्स्टिच्युट फर रिसर्च एण्ड डिभल्पमेन्ट प्रा.डा. हेमराज पन्तले , बताए ।

कार्यक्रम चैतन्य पाठशालका सिइओ गणेण प्रसाद जोसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति पूर्व रजिष्टार सु.प विश्वबिद्यालय प्रमुख सल्लाकार, चैतन्य पाठशालाका अध्यक्ष, चैतन्य इन्स्टिच्युट फर रिसर्च एण्ड डिभल्पमेन्ट प्रा.डा. हेमराज पन्त , रहेका थिए । कार्यक्रममा पाठशालका प्राधानाध्यापक कटक बहादुर सिहँ , शिक्षक ,अभिभावक ,पत्रकार, बिद्यार्थी बैज्ञानीक,लगाएतको उपस्थित रहेको थियो । कार्यक्रमको सहजिकरण सहायक प्राधानाध्यापक रमेश छेडाले गरेको थियो । भने कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक बिन्दास बमले गर्नु भएको थियो ।

No description available.

 

 

 

No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap