अछामको वैद्यनाथमा १४४ वर्षपछि हुने कोटिहोमको प्रचार–प्रसार तिव्र


लेखक : सुन्दराञ्चल      माघ २१, २०८० मा प्रकाशित     
अछामको वैद्यनाथमा १४४ वर्षपछि हुने कोटिहोमको प्रचार–प्रसार तिव्र

महादेव गिरी संवाददाता

माघ २१ धनगढी ,नेपालको चारधाम मध्येको एक अछामको वैद्यनाथ धाममा कोटिहोमको प्रचार–प्रसार तिव्र पारिएको छ ।साँफेबगर नगरपालिका–१ मा रहेको वैद्यनाथ मन्दिरमा यहि फागुन १० गतेदेखि २५ गते शिवरात्रीसम्म सञ्चालन हुदैछ । प्रचार–प्रसार क्रममाका विभिन्न सरकारी, गैरसरकारी, कार्यालयमा निम्तो दिन जाने गरेको प्रचार–प्रसार समिति सदस्य डिल्लीराज जोशी (राजेश) ले जानकारी दिएका छन् ।

प्रचार–प्रसारको लागी सुदूरपश्चिमका विभिन्न पालिका, जिल्ला कार्यालयमा जान गरेको सदस्य जोशीले बताए । पौराणीक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण वैद्यनाथ धाममा ६÷६ वर्षमा गरिने लक्षहोम सहितको अर्धकुम्भ मेला, १२÷१२ वर्षमा गरिने महालक्षहोम सहितको कुम्भमेला र १४४ वर्षमा गरिने कोटीहोम महायज्ञसहित महाकुम्भ मेलाको गरिने जनाएको छ । वैद्यनाथधामको धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्वको प्रचार प्रसार, वैदिक सनातक धर्म संस्कृतिको संरक्षण सम्वर्द्धन, समाजमा अध्यात्मिक चेतनाको पुनर्जागरण, वैद्यनाथधामलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गराउने, गुरुकुल शिक्षाको सृदृढीकरण तथा वैद्यनाथ वेद विद्याश्रमलाई आयुवर्दे माविमा स्तरोन्नती, लोक संस्कृति,लोककला, लोकगाथाको संरक्षण सम्वर्द्धन गर्ने उद्देश्यका साथ कोटिहोमको आयोजना गर्न गरिएको हो ।

कोटीहोमको मिति नजिकिंदै आयोजक समितिका विभिन्न समितिहरु आ–आफ्नो तरिकाले सक्रिय भएका छन् । कोटीहोमका लागि आवश्यक पर्ने बह्रामणको व्यवस्थापन भै सकेको छ भन्ने अन्न कार्य पनि तिब्र गतिमिा भैरहेको छ । कोटीहोम महायज्ञको उद्घाटन राष्टपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रम तय भएको छ ।

No description available.

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap