सिसिएस प्लस टु’ बी र होलिल्याण्ड सेकेन्ड्री स्कुल ‘सिसिएस प्लस टु’ कप को फाइनल प्रवेश


लेखक : सुन्दराञ्चल      माघ १८, २०८० मा प्रकाशित     
सिसिएस प्लस टु’ बी र होलिल्याण्ड सेकेन्ड्री स्कुल ‘सिसिएस प्लस टु’ कप को फाइनल प्रवेश

धनगढी माघ १८ ,सिसिएस प्लस टु’ बी र होलिल्याण्ड सेकेन्ड्री स्कुल ‘सिसिएस प्लस टु’ कप को फाइनल प्रवेश धनगढी धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर बिद्यालय स्तरिय फुटवल प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ । बिहिबार धनगढी रगंशालामा भएका फाइनल चरणका २ खेल सम्पन्न भए संगै ‘सिसिएस प्लस टु’ कप फुटवलको सेमि फाइनल पुग्ने टोलीको टुंगो लागेको हो । सिसिएस प्लस टु’ बी, र अत्तरिया स्थित होलिल्याण्ड सेकेन्ड्री स्कुल सिसिएस प्लस टु’ फुटवल कपको उपाधिका लागी भिड्ने छन् । फाइनल चरण अन्तर्गत आज भएको पहिलो खेलमा सिसिएस प्लस टु’ बी ले धनगढी स्थित त्रिनगर माध्यमिक बिद्यालयलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधिका लागी आफुलाई उभ्याएको छ । प्रतियोगिताको सेमि फाइनल पुगेको त्रिनगर माध्यमिक बिद्यालयले भने फाइनल चरणको खेल बाटै बाहिरिनु परेको छ ।

आजै सम्पन्न प्रतियोगिताको दोश्रो फाइनल चरणको खेलमा अत्तरिया स्थित होलिल्याण्ड सेकेन्ड्री स्कुलले धनगढीको एलायन्स इन्टरनेश्नल स्कुललाई ४–१ गोल अन्तरले हराउँदै आफ्नो फाइनल यात्रा तय गरेको हो । प्रतियोगिताको सेमि फाइनल खेलमा होलिल्याण्ड सेकेन्ड्री स्कुल र एलायन्स इन्टरनेश्नल स्कुल बीचको खेल १–१ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टीमा गएको थियो ।

धनगढी रंगशालामा भएको खेलको निर्धारित ६० मिनेटमा १–१ को बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा होलिल्याण्ड सेकेन्ड्री स्कुलले ४ गोल हान्दा एलायन्सले त्यसको प्रतिकारमा १ गोल मात्रै फिर्ता गर्न सक्यो । फाइनल चरणको यो खेल संगै होलिल्याण्ड सेकेन्ड्री स्कुल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ भने, एलायन्स इन्टरनेश्नल स्कुल बाहिरिएको छ । फाइनल चरणको खेल बर्षातका कारण १९ अथवा २० गते गर्ने निश्चित भएको छैन ।

१६ बिद्यालय सहभागी प्रतियोगितामा ९ देखी १२ कक्षासम्म अध्यायनरत बिद्यार्थीहरुको सहभागिता छ । प्रतियोगिताको प्रथम पुरस्कार ६५ हजार नगद सहित ट्रफी, मेडल, दोश्रो पुरस्कार ३५ हजार नगद सहित ट्रफी, मेडल रहेको छ । प्रतियोगिताको उत्कृष्ठ खेलाडीले नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ठ गोलकर्ता र उत्कृष्ठ गोलरक्षकलाई जनही नगद २ हजार ५ सय तथा मेडल र प्रमाणपत्र उपलब्ध गराइने स्कुलका प्रिन्सिपल तिर्थ फुलाराले बताए । प्रतियोगितामा ह्याट्रिक गर्ने खेलाडीलाई नगद १ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap