सुदूरपश्चिम प्रादेशिक कृकेटसंघ प्रायोजन गर्ने बढे


लेखक : सुन्दराञ्चल      माघ १६, २०८० मा प्रकाशित     
सुदूरपश्चिम प्रादेशिक कृकेटसंघ प्रायोजन गर्ने बढे

 माघ ,१६ धनगढी, सुदूरपश्चिम प्रादेशिक कृकेट संघसँग पछिल्लो समय प्रायोजक जोडिने क्रम बढेको छ । हिजोमात्रै काठमाडौको रामसाहपथमा रहेको भिएक्सएल माइग्रेसन एण्ड एजुकेसन कन्सल्टेन्सीले सुदूरपश्चिम प्रादेशिक कृकेट टिमलाई जर्सी प्रदान गरेको हो । काठमाडौमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय कृकेट प्रतियोगिता खेलिरहेको सुदूरपश्चिम टिमका सदस्यहरुलाई र चितवनमा जारी मैयादेवी यु-१९ टि२० राष्ट्रिय कृकेट प्रतियोगिता खेलिरहेको सुदूरपश्चिम प्रदेशको महिला टोलीका सदस्यहरुलाई भिएक्सएल माइग्रेसन एण्ड एजुकेसन कन्सल्टेन्सीले एक/ एक जोर जर्सी प्रदान गरेको प्रादेशिक कृकेट संघका अध्यक्ष बासुदेव जोशिले बताए । अध्यक्ष जोशिले भने भिएक्सएल माइग्रेसन एण्ड एजुकेसन कन्सल्टेन्सीका संचालक भरत तिमिल्सिना जिले हामीलाई ठूलो सहयोग गर्नुभएको छ उहाँलाई हार्दिक धन्यवाद दिन चाहान्छौं ।

 

No description available.

यसरी प्रायोजन गर्ने साथीहरु जोडिदा हामीलाई पनि हौसला मिल्छ खेलाडीलाई नि केही न केहि राहत मिल्छ,हामी सबै मिलेर देशको कृकेट अघि बढाउने हो अध्यक्ष जोशिले भने । भिएक्सएल माइग्रेसन एण्ड एजुकेसन कन्सल्टेन्सी काठमाडौ,चितवन र बुटवलमा शाखा संचालन गरि वैदेशिक रोजगारीमा जाने चाहानेहरुलाई सहि परामर्श दिएर काम गरिरहेको संचालक भरत तिमिल्सिनाले बताए । सुदूरपश्चिम प्रदेशको कृकेट टिमलाई यो भन्दा अगाडि पनि धेरैले प्रायोजन गरिसकेका छन् । केपि ओलि कप पोखरामा संचालन हुँदा नेपाल कृकेट संघका केन्द्रिय सदस्य एवं माया मेट्रो अस्पताल धनगढीका अध्यक्ष धिरेन्द्र साउँदले पनि जाकेट प्रायोजन गरेका थिए । जारी प्रधानमन्त्री कपमा प्रादेशिक कृकेट संघका सदस्य तेज कार्कीले १५ जोर किड ब्याग उपलब्ध गराएका थिए भने सुदूरपश्चिमाञ्चल एकेडेमी धनगढीले पनि जर्सी प्रायोजन गरेको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap