अफगानिस्तानमा विमान दुर्घटना :४ जनाको जीवितै उद्धार


लेखक : सुन्दराञ्चल      माघ ८, २०८० मा प्रकाशित     
अफगानिस्तानमा विमान दुर्घटना :४ जनाको जीवितै उद्धार

८ माघ, काठमाडौं ,अफगानिस्तानमा दुर्घटना भएको एयर एम्बुलेन्समा सवार ६ जनामध्ये चार जना जीवितै फेला परेका छन् । अन्य दुई जनाको अवस्था थाहा हुन सकेको छैन ।

डेसल्ट फाल्कन (डिएफ-१०) विमान अफगानिस्तानको बदाक्षन प्रान्तको कुफ-अब जिल्लामा दुर्घटना भएको थियो । एयर एम्बुलेन्सको रुपमा प्रयोग गरिएको उक्त विमान थाइल्याण्डबाट मस्को जाँदै थियो ।

इन्धन भर्नका लागि भारतको गया विमानस्थलमा रोकिएर उडेको उक्त विमान शनिबार राति ७ बजेतिर अफगानिस्तानको आकाशमा पुगेर राडारबाट सम्पर्कविच्छेद भएको थियो ।

त्यसपछि खोजी गर्दै जाँदा उक्त विमान अफगानिस्तानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । उक्त विमानमा चार जना यात्रु र दुई जना क्रु-मेम्बरसहित कूल ६ जना थिए ।

अफगानिस्तानको नागरिक उड्डयन तथा यातायात मन्त्रालयले सामाजिक सन्जाल एक्समा दुर्घटनास्थलको भिडियो पोष्ट गरेर पाइलटसहित चार जनालाई जीवितै उद्धार गरिएको जनाएको छ । अन्य दुई जनाको अवस्था भने थाहा हुन सकेको छैन ।

मन्त्रालयले विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार उक्त विमान अफगानिस्तानको हवाई क्षेत्रभित्र थिएन । तर प्राविधिक समस्याका कारण त्यसले आफ्नो बाटो बदलेको थियो । यसबारे थप अनुसन्धान भइरहेको अफगानिस्तान सरकारले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap