माघ ५, कैलालीको गोदावरी नगरपालिकाको प्रशासनिक भवनको पुनःउद्घाटन गरिएको छ। नगर प्रमुख वीरेन्द्र भट्टले नगरपालिकाको नवनिर्मित भवनको बिहिवार उद्घाटन गरेका हुन्।
सङ्घीय सरकार मातहतको क्षेत्रीय सहरी विकास आयोजनाले एसियाली विकास बैँक (एडिबी)को सहुलियत ऋण लगानीमा भवन निर्माण गरेको थियो। क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले १३ करोड ४६ लाख बढीको लागतमा निर्माण गरेको भवन हस्तान्तरण भएपछि नगर प्रमुख भट्टले बिहिवार उद्घाटन गरेका हुन्। पूर्व नगर प्रमुख हरि साउँदले पनि भवनको उद्घाटन गरेका थिए। एमाले पार्टीबाट विजयी जनप्रतिनिधि तथा कार्यकर्ताहरूले पुनः उद्घाटन गर्न नहुने भन्दै विरोध गरेका थिए। तर, नगर प्रमुख भट्टले विरोधका बिचमा भवनको उद्घाटन गरेका हुन्।