अब धनगढीमा सुर्तीजन्य पदार्थ विक्री गर्न नपाईने निर्णय


लेखक : सुन्दराञ्चल      माघ ३, २०८० मा प्रकाशित     
अब धनगढीमा सुर्तीजन्य पदार्थ विक्री गर्न नपाईने  निर्णय

माघ ३, : धनगढी उपमहानगरपालिका क्षेत्र भित्रका खाद्य पदार्थ विक्री वितरण गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ विक्रि वितरणमा रोक लगाउने उपमहानगरपालिकाको निर्णय कार्यान्वयन गर्न नगरप्रहरी फिल्डमा उत्रिएको छ । नगर प्रहरीले आज मंगलबार माघ २ गतेदेखि सो निर्णय कार्यान्वयन गर्न बजार अनुगमन थालेको हो ।

अनुगमनका क्रममा नियम विपरित खाद्य पदार्थ विक्री गर्ने पसल, होटेल तथा ठेलामा सुर्ती जन्यपदार्थ भेटिएमा नियन्त्रणमा लिई उपमहानगरपालिकाको निर्णय कार्यान्वयन गर्न नगरप्रहरी एक्सनमा उत्रिएको हो ।
उपमहानगरपालिकाले गत पुष १७ गते एक सुचना जारी गर्दै माघ १ गतेदेखि धनगढी उपमहानगरपालिका भित्रका खाद्य पदार्थ विक्रि वितरण गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ विक्रीमा रोक लगाउने जनाएको थियो । नगर प्रहरीले पहिलो चरणमा खाद्य पदार्थ विक्री गर्ने किराना पसल,होटेल तथा होलसेल पसलहरुमा अनुगमन गरि भेटिएका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिई सम्झाइ बुझाई गर्ने गरि सन्देश मुलक अनुगमन गरेको जनाएको छ ।

आज धनगढीको ६ लेन सडक खण्डको मिलन चोकदेखि सहिद गेटसम्म गरिएको अनुगमनका क्रममा ठूलो परिमाणमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिइएको नगर प्रहरीले जानकारी दिएको छ । किराना पसल, होलसेल पसल तथा होटेलबाट चुरोट, गुट्खा, सुर्ती लगायतका प्रतिबन्धित पदार्थ नियन्त्रणमा लिइएको नगर प्रहरीले जानकारी दिएको छ । पहिलो पटकको अनुगमनमा सामान नियन्त्रणमा लिने र व्यापारीलाई सम्झाउने तर अर्को पटकको अनुगमनमा भेटिएमा नियम अनुसार कारबाही गरिने जनाइएको छ । यस अघि उपमहानगरपालिकाले स्वास्थ्य सेवा ऐन, २०७७ को दफा ३० (१) मा सुर्ती तथा मदिराजन्य पदार्थ विकी वितरणको लागि उपमहानगरपालिकाबाट छुट्टै अनुमति लिनु पर्ने र सोही ऐनको दफा ३० (२) मा खाद्य पदार्थ विक्री गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ विक्री वितरण गर्न बन्देज लगाइने उल्लेख भएबमोजिम माघ १ गते देखि चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य सूर्तीजन्य पदार्थ विक्री गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap