धनगढीमा रहेको जनप्रिय आधारभुत विद्यालयको ३६ औं बार्षिक उत्सव सम्पन्न


लेखक : सुन्दराञ्चल      पुस २८, २०८० मा प्रकाशित     
धनगढीमा रहेको जनप्रिय आधारभुत विद्यालयको ३६ औं बार्षिक उत्सव सम्पन्न

पुष २८, धनगढी , कैलालीको धनगढीमा रहेको जनप्रिय आधारभुत विद्यालयको ३६ औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । आज शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर १९ आई गाउँ स्थित जनप्रिय विद्यालयले स्थापना भएको ३६ बर्ष पुरा भएको उपलक्ष्यमा बार्षिक जन्मोत्सव कार्यक्रम सम्पन्न गरेको हो । कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बरिष्ठ देउडा गायक नन्द राज रेग्मी र पछिल्लो समयकी चर्चित मोडेल अनु खड्काले प्रस्तुती देखाएका थिए ।

भने विद्यालयका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुती देखाएका थिए । त्यस्तै कार्यक्रममा विद्यार्थीलाई कला,संस्कृति सिकाउने उद्देश्यले लाइभ देउडा समेत खेलिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा संघिय सांसद डिल्लीराज पन्तले धनगढीमा विद्यालय मर्ज गर्ने हल्ला सुनेको बताउँदै उनले यति ठूलो पुर्वाधार ,सम्पत्ति,विद्यार्थी संख्या र सुविधा सम्पन्न भएको जनप्रीय विद्यालयलाई मर्ज गर्ने कुरामा आफु सहमत नहुने बताए ।

उनले बरु अन्य विद्यालयलाई जनप्रीयमा समाहित गर्न सकिने तर्क राखे । प्राय सामुदायिक विद्यालयमा अभिभावक उपस्थिति न्यून रहने गरेकोमा यस बर्ष जनप्रीयको बार्षिक उत्सवमा भने दर्शकको उल्लेखनीय उपस्थिति रहेको विद्यालयले जनाएको छ । अभिभावकको राम्रो उपस्थितीका बिच बार्षिक परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो । बर्षभरि नियमित उपस्थित हुने,सरसफाईमा ध्यान दिने,सबै भन्दा अनुशासित एकएक जना विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो । विद्यालयका स्वर्गीय अध्यक्ष गोरख बहादुर रोकायाका छोरा जयपृथ्वी क्याम्पस बझाङका उपप्रध्यापक रविन्द्र रोकायले स्वर्गीय अध्यक्ष रोकायाको नाममा स्थापना गरिएको अक्षय कोष बापतको १२ हजारको चेक समेत विद्यालयलाई हस्तान्तरण गरेका थिए । उपप्रध्यापक रोकायले हरेक बर्ष अक्षय कोषमा १२ हजार नगद जम्मा गर्दै आएका छन् । सो रकम बाट विद्यालयले गरिब,अपांग,असाहे र जेहनदार विद्यार्थीलाई पुरस्कार दिदै आएको छ ।

कार्यक्रममा जनप्रिय आधारभुत विद्यालयका प्रध्यानाध्यापक विमला भट्टराइले विद्यालयको शैशिक शत्र २०७९ र ८० को आय र व्ययको विवरण सार्वजनिक गरेकी थिइन् । भट्टराइले अभिभावक भेलामा ६६ लाख ९८ हजारको आय व्यय प्रस्तुत गरेकी थिइन् । कक्षा ८ सम्म संचालन भइरहेको जनप्रिय विद्यालयमा हाल २८९ जना विद्यार्थी अध्ययनरत रहेका छन् । जहाँ शिक्षक र कर्मचारी गरि १३ जना कार्यरत रहेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरेन्द्र ऐडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनगढी १९ का अध्यक्ष बाधुराम चौधरी, नेपाली कांग्रेसका क्षेत्र नम्बर ५ का सभापती भिम पडाल, विभिन्न विद्यालयका प्रध्यानाध्यापक, कलाकार र अभिभावकहरुको उपस्थिति रहेको थियो । भने विद्यालयका शिक्षक पदम खड्काले कार्यक्रम संचालन गरेका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap