आगामी चैतको पहिलो हप्तादेखि यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने


लेखक : सुन्दराञ्चल      पुस २७, २०८० मा प्रकाशित     
आगामी चैतको पहिलो हप्तादेखि यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने

पुष २७ काठमाण्डौ ,आगामी चैतको पहिलो हप्तादेखि यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने भएको छ । वार्षिक क्यालेन्डर अनुसार नै परीक्षा हुन लागेको हो । यो वर्षदेखि नन् ग्रेडिङ लागू हुनेछ । यसअघि ग्रेडिङ सिस्टम थियो ।

शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुन लागेको जानकारी दिए । अहिले नन् ग्रेडिङ सिस्टम भएकाले उत्तीर्ण हुन सबै विषयमा ३५ प्रतिशत ल्याउनुपर्ने उनले बताए ।

माघको पहिलो हप्ता रुटिन सार्वजनिक गरिने जनाइएको छ । अहिलेसम्म रजिस्ट्रेसन भर्ने विद्यार्थीको संख्या चार लाख ८९ हजार ४४४ जना रहेको कार्यालयले जनाएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap