भ्वाइस अफ नेपाल सिजन ५ को फिनाले शुक्रबार हुँदै,भोट माग्दै नेता, कसले कसलाई मागे ?


लेखक : सुन्दराञ्चल      पुस २३, २०८० मा प्रकाशित     
भ्वाइस अफ नेपाल सिजन ५ को फिनाले शुक्रबार हुँदै,भोट माग्दै नेता, कसले कसलाई मागे ?

काठमाडौं  पुष २३, भ्वाइस अफ नेपाल सिजन ५ को फिनाले शुक्रबार हुँदैछ । यतिबेला चारजना फाइनलिस्टलाई भोट माग्न भ्याइनभ्याइ छ । सामाजिक सञ्जालदेखि सार्वजनिक समारोहमा पुगेर फाइनलिस्टले भोट मागिरहेका छन् ।

विनोद राई, मकर योञ्जन, नोगेन लिम्बू र कुमार प्रयास उपाधिका लागि भिड्दैछन् । यीमध्ये कुनै एकले शुक्रबार पाँचौं सिजनको उपाधि जित्नेछ । बढी भोट ल्याउनेले जित्ने हुँदा प्रतिस्पर्धी दर्शक फकाउन व्यस्त देखिएका छन् ।

धरानका मेयर हर्क साम्पाङले विनोदलाई समर्थन नै व्यक्त गरेका छन् । एक समारोहमा विनोदँसगै गीत गाउँदै हर्कले उनका लागि भोटको अपील गरे । साम्पाङले चौथो सिजनमा सविना योङहाङ लिम्बूको लागि भोट मागेका थिए ।

यसपटक भने विनोदको पक्षमा हर्क खुलेका छन् । सार्वजनिक भिडियोमा मेयर साम्पाङले विनोदको गायकीको प्रशंसा गरेका छन् । साम्पाङ स्वयं पनि संगीतप्रति रुचि राख्छन् । उनले आफूलाई कलाकार पनि बताउने गरेका छन् ।

माओवादी नेतृ तथा केन्द्रीय सदस्य विना मगरले पनि सुदूरपश्चिमका ट्यालेन्ट मकरबहादुर योञ्जनको लागि भोट मागेकी छन् । सोमबार फेसबुकमा मकरको पोस्टर सेयर गर्दै विनाले मकरलाई सुदूरपश्चिमको छोरो भन्दै भोट अपील गरेकी हुन् । मकरको घर पनि कञ्चनपुर नै हो । उनको परिवार सर्लाहीबाट त्यहाँ बसाइ सरेको थियो ।

एमाले नेता तथा केपी ओली प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहिसकेका बसन्तकुमार नेम्बाङले पाँचथरका नोगेन लिम्बूको लागि भोट मागेका छन् । नोगेनलाई पाँचथरका आशालाग्दा प्रतिभा बताउँदै नेता नेम्बाङले फाइनलिस्ट बनेकोमा बधाई दिएका छन् । नोगेनलाई भोट गर्न उनले देश तथा विदेशमा रहेकालाई आग्रह गरेका छन् ।

अर्का फाइनलिस्ट सोलुखुम्बुका कुमार प्रयास राईलाई पनि सामाजिक सञ्जालमार्फत भोट आह्वान गरिएको छ । चारै फाइनलिस्टले भोट अभियान नै चलाएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap