राष्ट्रियसभाको निर्वाचनको मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक सुदूरश्चिममा


लेखक : सुन्दराञ्चल      पुस २१, २०८० मा प्रकाशित     
राष्ट्रियसभाको निर्वाचनको मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक सुदूरश्चिममा

धनगढी पुष २१, सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागी यहिँ पौष २३ गते मनोनयन दर्ता हुने भएको छ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागी यहिँ पौष २३ गते विहान १० बजे देखी दिउसो ३ बजेसम्म मनोनयन दर्ता हुने सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

शनिबार सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयको हलमा निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थि, कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक देवेन्द्र बहादुर पाल र विभिन्न राजनितिक दलहरुबिच छलफल भएको थियो ।

सो छलफलका क्रममा विभिन्न पार्टिहरुलाई मनोनयन दर्ताको समय निर्धारण गरिएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयले २३ गते विहान १० बजे देखी ३ बजेसम्म जुन पार्टि जतिबेला आएपनि मनोनयन दर्ता गर्ने भएपनि सबैको सहजताको लागी समय निर्धारण गरिएको जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार विहान १० बजे देखि ११ बजेसम्म नेकपा माओवादी केंद्रले मनोनयन दर्ता गर्ने समय तोकिएको छ । भने विहान ११ बजे देखि १२ बजे सम्म नागरीक उन्मुक्ती पार्टी, दिउसो १२ बजे देखि १ बजे सम्म नेपाली कांग्रेस, १ बजे देखि २ बजे सम्म नेकपा एमाले र दिउसो २ बजे देखि ३ बजे सम्म राष्ट्रिय प्रजातन्त्र पार्टीको मनोनयन दर्ताको समय तोकीएको छ ।

अन्य दलहरूको हकमा निर्वाचन आयोगले तोकेको मनोनयन दर्ता को समय १० बजे देखि ३ बजेसम्मको समय भित्र व्यवस्थापन गर्ने निर्णय गरिएको छ । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका ३ जनाको पदावधि फागुनमा सकिँदैछ ।

नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका हरिराम चौधरी उत्सव ९कैलाली०, महेश महरा ९डडेल्धुरा० र नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी इन्दु कडरिया ९कञ्चनपुर०को पदावधि सकिन लागेको हो ।

रिक्त हुने स्थानमा पदपूर्तिका लागि माघ ११ मा निर्वाचन हुँदैछ । निर्वाचनमा भाग लिनका लागि सत्तारुढ गठबन्धन तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र उम्मेदवार छनोटको छनफल भइरहेको छ ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap