जापानमा ७.६ म्याग्निच्युटको भूकम्पबाट परी मृत्यु हुनेको संख्या ४८


लेखक : सुन्दराञ्चल      पुस १७, २०८० मा प्रकाशित     
जापानमा ७.६ म्याग्निच्युटको भूकम्पबाट परी मृत्यु हुनेको संख्या ४८

१७ पुस, टोकियो। जापानको इशिखावा प्रिफेक्चरमा सोमबार साँझ गएको ७.६ म्याग्निच्युटको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार इशिखावा प्रिफेक्चरको सुजु शहरमा २० जना, वाजिमा शहरमा १९ जना, नानाओ शहरमा ५ जना, अनामिजु शहरमा २ जना, हाकुई शहर र शिगा शहरमा १⁄१ जना गरी ४८ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्पका कारण हिजोदेखि बन्द भएका द्रूत गतिका रेल सेवा भने आजबाट सञ्चालनमा आएका छन् । इशिखावा प्रिफेक्चरमा आज विहान पनि ५.६ म्याङ्गेच्युटको अर्को भूकम्प गएको थियो । भुकम्प, आगलागी र सुनामीका कारण घाइते भएकाहरुको उद्धार र उपचार भइरहेकाले घाइतेको संख्या एकिन भएको छैन ।

यसैबीच, भूकम्प प्रभावित क्षेत्रहरुमा रहेका नेपालीहरुका बारेमा सूचना संकलन भइरहेको एनआरएनए जापानले जनाएको छ ।

‘हामी त्यस क्षेत्रमा रहेका नेपालीहरुको पछिल्लो अवस्था बुझ्ने प्रयास गरिरहेका छौं’ गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष नविन निउरेले भने ‘अहिले सम्मको सूचना अनुसार सबै नेपाली सुरक्षित रहेको भन्ने छ ।’

यसैबीच नेपाली दुतावास टोकियोले एक बिज्ञप्ति जारी गर्दै इशिखावा प्रिफेक्चरमा भूकम्पले ठूलो क्षती पुर्याएको भन्दै सर्तक रहन त्यस क्षेत्रमा रहेका नेपालीलाई आग्रह गरेको छ ।

आज जारी गरिएको विज्ञप्तिमा दूतावासले जापान सरकारले जारी गरेका सूचनालाई पालना गर्दै आफ्ना गतिबिधि गर्न नेपाली नागरिकलाई आग्रह गरेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap