धनगढी रंगशालामा पुष १५ गते लाईभ देउडा दोहोरी हुने


लेखक : सुन्दराञ्चल      पुस १४, २०८० मा प्रकाशित     
धनगढी रंगशालामा पुष १५ गते लाईभ देउडा दोहोरी हुने

महादेव गिरी संवाददाता 

धनगढी पुष १४, धनगढीमा देउडा संरक्षण प्रतिष्ठानको आयोजनामा पुष १५ गते बृहत लाइभ देउडा कार्यक्रम हुने भएको छ । हाम्रो संस्कृति हाम्रो पहिचान हामीले नै बचाउनु प्रर्छ भन्ने उद्येश्यले पुष प्रन्द्धलाइ लक्षीत गरी धनगढीको रंगशालामा लाइ देउडा कार्यक्रम हुने भएको छ । कार्यक्रममा करिब दुई हजार देखी पाँच हजार मानिसले सहभागि रहने देउडा संस्कृति संरक्षण प्रतिष्ठान सुदूरपशिचम प्रदेशका अध्यक्ष धुर्व बहादुर सिहँले जानकारी दिए ।

सुदुरपश्चिम प्रदेश सरकारका प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथि रहने प्रतिष्ठानका प्रदेश अध्यक्ष सिंहले बताए । देउडा कार्यक्रममा स्थानीएलाई बढी प्राथामीक्ता दिइने आयोजकले बताए । कार्यक्रममा धनगढी उपमहानगरपालिका १५ ओटा बिद्यालय पनि देउडा कार्यक्रममा सहभागिता रहने छ ।

हामीले नै  हाम्रो मौलिक संस्कृतिलाइ जोगाई राख्न हामी सबैको हाते मालो हुन आबश्यक रहेको बरिष्ठ देउडा गायक नरेन्द्र राज रेग्मीले बताए । यो परम्परा यहाँ मात्र नभएर देशको राज्धानी काठमाण्डौको टुडीखेलमा देउडा खेलेर सुदूरपश्चिमको पहिचान झल्काएको उन बताए । हामी र हाम्रो संस्कृतिलाइ बचाइ राख्न हामी सबैको भुमीका रहनु प्रने  देउडा संस्कृती संरक्षण प्रतिष्ठानले जनाएको छ ।

 

Open photo

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap