कानुन बनेको भएपनि समुदायमा अहिले पनि जातीय विभेद कायमै


लेखक : सुन्दराञ्चल      पुस १३, २०८० मा प्रकाशित     
कानुन बनेको भएपनि समुदायमा अहिले पनि जातीय विभेद कायमै

धनगढी पुष १३, जातिए विभेद अन्त्यका लागि धनगढीमा एक कार्यक्रम सम्पन्न भएको छ । जातीय विभेद अन्त्यका लागि कानुन बनेको भएपनि समुदायमा अहिले पनि जातीय विभेद कायमै रहेको कार्यक्रममा सञ्चारकर्मीहरूले बताएका छन् । दलित महिला संघ फेडो कैलालीको आयोजनामा शुक्रवार धनगढीमा आयोजित दलित महिला, किशोर र सीमान्तकृत समूहको लैँगिक तथा सामाजिक न्याय प्रवर्धनमा सञ्चार क्षेत्रको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले समाजमा अहिले पनि जातीय विभेद कायम रहेको बताएका हुन् ।
दलित समुदायमा नै जातीय विभेद कायममै रहेको धनगढीका पत्रकार धर्म विकले बताए । दलित भने शब्द मै विभेद छ । सुदूरपश्चिमको हकमा भन्ने हो सबै भन्दा बढी धनगढीमा जातिय विभेद रहेको उनको भनाइ छ । उनले दलितका विषयमा संघ संस्थाले काम गरेको भएपनि दलित माथि विभेद कायमै रहेको बताए ।

नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमालय जोशीले सीमान्तकृत समुदाय लगायत जातीय विभेद अन्त्यका विषयमा सञ्चारमाध्यमले महत्त्वपूर्णका साथ हेरेको बताए ।

Open photo
उनका अनुसार एजियो आइएजियोका कारणले गर्दा कतै समुदायमा जातीय विभेद त बढ्दै छैन भने लागि रहेको छ । जब सम्म सोचमा परिवर्तन हुँदैन तब सम्म जातीय विभेद कायमै रहने उनको ठमाइ छ ।

दलित महिला संघ ९फेडो० कैलालीकी सचिव एवम् सुदूरपश्चिम अध्यक्ष अम्बिका ताम्राकारले दलित महिलाका सवालमा थुपै कामहरू गर्दै आइरहेको बताइन् ।
महामारीका बेला पनि दलित समुदायका महिला मात्रै नभई लक्षित वर्ग सीमाकृत समुदायका महिलाहरू लाई पनि सहयोग गरेको उनले बताइन् । गाउँ घर तिर दलित महिला समूह गठन गरेर विभिन्न कार्यक्रम गरिरहेको उनको भनाइ छ । दलित महिला संघ ९फेडो० कैलालीका कार्यक्रम संयोजक विनोद घिमिरेले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap