पुष १४ गतेदेखी २१ गते सम्म जुनियर कप क्रिकेट प्रतियोगिता धनगढीमा हुने


लेखक : सुन्दराञ्चल      पुस १२, २०८० मा प्रकाशित     
पुष १४ गतेदेखी २१ गते सम्म जुनियर कप क्रिकेट प्रतियोगिता धनगढीमा हुने

धनगढी पुष १२, कैलालीको धनगढीमा क्रिकेट प्रतियोगिता हुने भएको छ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा पुष १४ गतेदेखी स्टेपिङ स्टोन जुनियर कप क्रिकेट प्रतियोगिता हुने भएको हो ।

आज धनगढी क्रिकेट एकेडेमीले पत्रकार सम्मेलन गर्दै सो प्रतियोगिता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको क्रिकेट मैदानमा पुष १४ गते देखी २१ गते सम्म सञ्चालन हुने जानकारी दिए ।

प्रतियोगितामा सहभागी विद्यालयले कक्षा ८ भन्दा माथिका विद्यार्थि राख्न नपाउने धनगढी क्रिकेट एकेडेमिले जारी गरेको विज्ञप्तीमा उल्लेख गरीएको छ । प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने धनगढी क्रिकेट एकेडेमीका निर्देशक समुयल न्यौपानेले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार सहित क्रिकेट एकेडेमीमा निशुल्क भर्ना र ४ महिनाको छात्रवृत्ति पाउने छन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट बलरले नगद १ हजार सहित क्रिकेट एकेडेमीमा निशुल्क भर्ना र २ महिनाको छात्रवृत्ति पाउने छन् भने उदयमान खेलाडीले क्रिकेट एकेडेमीमा निशुल्क भर्ना एवं ट्रफि, मेडल र प्रमाणपत्र पाउने धनगढी क्रिकेट एकेडेमीका निर्देशक न्यौपानेले बताए ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap