नेताज्यू, अझै कति बिग्रियोस् देश ?


लेखक : सुन्दराञ्चल      पुस ३, २०८० मा प्रकाशित     
नेताज्यू, अझै कति बिग्रियोस् देश ?

हामी पैसाले पैसा कमाउने दलाल पूँजीवाद अथवा वित्तीय पूँजीवादको दुष्चक्रमा फसेका छौं । उत्पादन मार्फत सामर्थ्य बढाउने हैन, पैसा संग्रह र संरक्षण गरेर केवल सट्टापट्टा गर्ने अथवा ओसारपसार गर्नेमा मात्र केन्द्रित रहँदा हाम्रो अर्थतन्त्र नराम्ररी भत्किंदैछ । देशमा धेरैपटक क्रान्ति भए, नयाँ संविधान लेखिए, व्यवस्था बदलियो । सोचे/नसोचेका अनेकन् कुरा भए, केवल एउटै मात्र काम भएन-त्यो हो जनअपेक्षित विकास ।

विकास र प्रगति हरेक देश तथा जनताको स्वाभाविक आशा हो । यो स्वयंसिद्घ एवं प्राकृतिक नागरिक अधिकार समेत हो । प्रतिनिधिमूलक प्रजातान्त्रिक व्यवस्थामा जनताका प्रतिनिधि अथवा नेतृत्वले यो अभिभारा पूरा गर्नुपर्छ । नेताहरूले हामी देशलाई सिंगापुर अथवा स्विट्जरल्याण्ड बनाउँछौं भन्दै भाषणबाजी गरेका ध्वनिका तरंग आम नागरिकको कानमा अहिले पनि गुञ्जिरहेको छ । तर नागरिकको आशा, देशको वास्तविक तथा वस्तुगत अवस्था अनि नेताहरूको भाषणचाहिं ‘हामी नदीका दुई किनारा’ भन्ने गीत जस्तै छ ।

देशको विकास भएको छ कि छैन ? देश बस्न लायक छ कि छैन ? विदेश जानेहरूको लर्को किन बढेको छ ? निकट भविष्यमा देशको अवस्था सहजता अथवा असहजता उन्मुख के हुन्छ ? सर्वहाराका नेता भनिनेहरूको जीवनशैली र रवाफ कस्तो छ ? यी प्रश्नहरूले आम मानसपटल र भविष्यउन्मुख हरेक व्यक्तिलाई पिरोलेको छ ।

नागरिकमा सरकारप्रति भरोसा छैन । भ्रष्टाचार गरेको छैन भनेर कोही कुनै ओहोदामा बसेको मानिसले भन्छ भने उसप्रति विश्वास जाग्दैन । अहिलेकै नेताबाट देश विकासको आशा रत्नपार्कको भित्तामा बसेको ज्योतिषको भविष्यवाणीमाथिको भरोसा जस्तै हो । उनीहरू स्वयंको भविष्य सबल भएको भए सार्वजनिक पेटीमा बस्नु नै पर्दैनथ्यो ।

देशमै बसेर केही गर्नुपर्छ भन्ने विश्वास र संकल्प बोकेको मानिसलाई कुनै काम दिएर सरकारी अफिसमा पठाइदिएपछि बेलुका फर्कंदा ऊ यो देशमा बसेर काम छैन भन्ने सोच निर्माण गरेर आउँछ । सेवाप्रवाह र सेवाग्राही माथिको सरोकारवाला निकाय अनि नियामक व्यक्तिको आचरण तथा सोच नोकरशाही पद्घतिको छ ।

स्थानीय निकायमा जनप्रतिनिधि भएपछि सहज र उच्च गतिमा काम हुन्छन् भन्ने आशा थियो । तर अख्तियारमा परेका भ्रष्टाचारजन्य उजुरीमध्ये सबैभन्दा अधिक चाहिं स्थानीय निकायसँग सम्बन्धित रहेको तथ्यांक देखिन्छ । अधिकांश स्थानीय निकायका जनप्रतिनिधि आफू सहज र स्वार्थ मिल्ने कार्यकारी अधिकृत खोज्न संघसँग साक्षात्कार गरिरहेका समाचार प्रकाशित भएका छन् ।

राजनीतिक परिवर्तनको कुनै कालखण्डमा विदेशी हस्तक्षेप मुर्दावाद भनेर नारा लेख्ने प्रचलन निकै प्रिय थियो । अहिले त यस्तो नारा लेख्ने इनामेल, ब्रस र पेन्टर समेत विदेशबाट नै ल्याउनुपर्छ । विदेशले पठाएन भने, त्यो लेख्न पनि हैसियत हुँदैन ।

हालसालै एक विदेशी लेखक हेलेन थोम्पसनले ‘डिसअर्डर : हार्ड टाइम्स फर ट्वान्टीफस्ट सेन्चुरी’ पुस्तक लेखे । उनका अनुसार भूराजनीतिक असहजता, आर्थिक अधोगति र लोकतन्त्रीय निष्प्रभाविता अहिले कुनै पनि देश असफलता उन्मुख हुने प्रधान आधार हुन् । हाम्रो अवस्थालाई नियाल्दा यी तीनवटै कुरामा हामी अग्र श्रेणीमा नै छौं जस्तो देखिन्छ ।

चिया गफ र सार्वजनिक खपतका लागि गरिने उत्तेजक भाषणबाहेक नेतृत्वसँग देशको विकास गर्ने सोच, योजना, रणनीति के छ ? तर केही दल र नेताचाहिं बाटामा लखरलखर हिंडेर समृद्घि आउँछ भन्दै स्यालहुइँय्यामा पनि छन् । राजनीति हैन, आर्थिक नीति र सबलता प्रमुख हो ।

पछिल्लो ५० वर्षमा चीन किन उदीयमान शक्ति भयो । युरोप र अमेरिका किन कमजोर हुँदैछन् । यी दुवै धु्रवमा राजनीतिक प्रणाली र परिस्थिति फेरिएको छैन । तर आर्थिक अवस्थामा भीमकाय परिवर्तनहरू आए । अहिले भूराजनीति (जिओपोलिटिक्स्) भन्दा भूअर्थनीति (जिओइकोनोमिक्स्) मुख्य पक्ष हो । निकोलस मुल्दरको पुस्तक ‘द इकोनोमिक वेपन’ले यसलाई राम्रो गरी विश्लेषण गर्दछ, अहिलेको शक्ति भनेकै आर्थिक शक्ति हो ।

उत्पादन, आत्मनिर्भरता अनि निर्यातमा हामी अति धेरै जीर्ण भइसक्यौं । तत्काल वा केही दशकसम्म पनि यो अवस्थालाई सन्तुलित गर्न सकिंदैन । सार्वजनिक ऋण २३ खर्बभन्दा बढी भएको तथ्यांक छ । व्यापार घाटा र असन्तुलन ९० प्रतिशत भन्दा बढी छ ।

प्राचीन इतिहास पल्टाएर हेर्दा भोटसम्म हाम्रो व्यापार नियन्त्रण थियो । भोटमा नेपालमा मुद्रण गरिएका सिक्का चल्थ्यो । रेशमीमार्ग मार्फत नेपालले विश्वलाई जोडेको थियो । प्रथम तथा द्वितीय विश्वयुद्घमा नेपालले बेलायतलाई आर्थिक सहायता समेत प्रदान गरेको थियो ।

केही दशक अगाडि हामी लगभग अधिकांश कुरामा आत्मनिर्भर थियौं । आज उच्च व्यापार घाटा भएको अनि विदेशी सहयोग र विप्रेषण प्रधान अर्थचरित्र भएको देशमा परिणत भएका छौं । हामी पैसाले पैसा कमाउने दलाल पूँजीवाद अथवा वित्तीय पूँजीवादको दुष्चक्रमा फसेका छौं । उत्पादन मार्पmत सामथ्र्य बढाउने हैन, पैसा संग्रह र संरक्षण गरेर केवल सट्टापट्टा गर्ने अथवा ओसारपसार गर्नेमा मात्र केन्द्रित छौं । अनुत्पादक क्षेत्रमा पैसा लगानी गर्ने र त्यसैको भाउ बढाएर नाफा लिने आदतमा हाम्रो अर्थतन्त्र नराम्ररी भत्किंदैछ ।

अब कति बिग्रिएपछि चाहिं नेतृत्वको मन बिझाउँछ, सोच परिवर्तन हुन्छ ? आफू र परिवारको लागि टन्न संकलन गरेपछि किन र कसका लागि देश बनाउनुपर्‍यो  भन्ने सोच हावी भएको त हैन, नेताज्यू ? नेताज्यू, देश यहाँभन्दा बिग्रन केही बाँकी छ र ?

फलस्वरूप हामी दक्षिणएशियाकै गरिब देशको नयाँ परिचय बनाउने क्रममा छौं । तर सिंगापुर र स्विट्जरल्याण्ड बनाउने भन्ने नेताहरू कानमा तेल हालेर स्व–प्रशंसाको पुलिन्दा बोक्दै दौडिरहेका छन् । जसरी पनि फाइदा अथवा नाफा आफूमा केन्द्रित गर्ने ‘रेन्ट सिकिंग एटिच्युड’ र अनि पैसाको भण्डार थुपार्ने ‘क्रोनी क्यापिटालिज्म’ हाम्रा नेताहरूको आधारभूत चरित्र बन्यो । तसर्थ आज अधिकांश नेता अधिक धनी, पूर्ण विलासी छन् तर जनता सामान्य दैनिकी चलाउन विदेशिनुपर्ने अवस्था छ ।

हाम्रा दुवै छिमेकीले पछिल्लो केही दशकमा अपार आर्थिक प्रगति गरे । चीनले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ र भारतले ‘एशिया अफ्रिका ग्रोथ करिडोर’ अनि ‘नर्थसाउथ ट्रेड रिजन’ जस्ता आक्रामक योजना निर्माण र लागू गरे । एशियाका थुप्रै अरू देशहरू किटन इकोनोमी (सानो अर्थतन्त्र) बाट टाइटर अथवा ड्रागन इकोनोमी (अधिक गतिका वृद्घिदर भएका) अर्थतन्त्र भए ।

विकास प्रजातन्त्र नै आजको प्रजातन्त्रको प्रमुख शोभा हो । जनतालाई सहज, सरल, गुणस्तरीय जीवनयापनको वातावरण नबन्ने प्रजातन्त्र के काम ? नागरिकलाई प्रजातन्त्र नामका लागि होइन, कामका लागि चाहिएको हो । तर परिणाम के आयो त ?

कुनै बेला भारतले नेपालका राष्ट्राध्यक्षलाई आफ्नो स्वतन्त्रता दिवसको विशेष समारोहको प्रमुख अतिथि बोलाउँथ्यो । आज ऊ अमेरिकाको राष्ट्राध्यक्ष बोलाउँछ । भर्खरै महत्वपूर्ण ‘जी ट्वान्टी’ सम्मेलन पनि सम्पन्न गर्यो‍ । हाम्रा सरकार प्रमुखहरू त्यहाँ जाँदा राज्यमन्त्री अथवा सहायकमन्त्री स्वागतमा आउँछन् । देशले आर्थिक हैसियतसँगै राजनीतिक कद समेत गुमाइरहेको स्पष्ट देखिन्छ । दातृ निकाय र वैदेशिक सहयोग बाहेक कुनै विशेष योजना तथा परियोजना सम्पन्न हुनु त कोरा कल्पना जस्तो भइसक्यो ।

राजनीतिक परिवर्तनको कुनै कालखण्डमा विदेशी हस्तक्षेप मुर्दावाद भनेर नारा लेख्ने प्रचलन निकै प्रिय थियो । अहिले त यस्तो नारा लेख्ने इनामेल, ब्रस र पेन्टर समेत विदेशबाट नै ल्याउनुपर्छ । विदेशले पठाएन भने, त्यो लेख्न पनि हैसियत हुँदैन ।

अब कति बिग्रिएपछि चाहिं नेतृत्वको मन बिझाउँछ, सोच परिवर्तन हुन्छ ? आफू र परिवारको लागि टन्न संकलन गरेपछि किन र कसका लागि देश बनाउनुपर्‍यो भन्ने सोच हावी भएको त हैन, नेताज्यू ? नेताज्यू, देश यहाँभन्दा बिग्रन केही बाँकी छ र ?डा. अतीन्द्र दाहाल

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap