महादेव गिरी संवाददाता
धनगढी पुष २, । धनगढी ५ शिवनगरमा रहेको चैतन्य पाठशालाको आयोजनामा स्थानीय सरकार ,सुशासन योजना तर्जुमा र विकास निर्माण विषयका बारेमा अन्तरक्रिया गरिएको छ ।
चैतन्य पाठशालाको नियमीत अभियान चैतन्य सम्वादमा डोटीको बोग्टान गाउँपालिका अध्यक्ष कमल वहादुर गडसिलासँग विद्यार्थीकोहरुले सो विषयका बारेमा अन्तरक्रिया गरिएको हो । गाउँपालिकाअध्यक्ष गडसिलासँग विद्यार्थीहरुले
स्थानीय सरकार ,सुशासन ,योजना तर्जुमा विकास निर्माण सामाजिक परिचालन आदि विषयका बारेमा छलफल भएको थियो । । संविधान अनुसार निर्धारण गरेका पालिकाका क्षेत्र र अधिकारको अभ्यसगर्दै पलिकालाई समृद्ध बनाउन आफूले गरेको प्रयासहरू विद्यार्थीमाझ बोग्टान गाउँपालिका अध्यक्ष कमल वहादुर गडसिलाले राखेका थिए ।

