यूरोप क्षेत्रिय सचिबमा भुवन अर्याल मनोनित


लेखक : सुन्दराञ्चल      मंसिर २६, २०८० मा प्रकाशित     
यूरोप क्षेत्रिय सचिबमा भुवन अर्याल मनोनित

महादेव गिरी संवाददाता

मंसिर २६, माल्टा,  राष्ट्रिय समन्वय परिषद् माल्टाको तर्फबाट अन्तराष्ट्रिय समन्वय परिषद्का सदस्य भुवन अर्याल यूरोप क्षेत्रिय सचिब पदमा मनोनित भएकाछन् । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को ५ डिसेम्बर २०२३ का दिन बसेको बैठकको निर्णयबाट अर्याल सचिब पदमा मनोनित भएकाहुन् ।

यूरोप क्षेत्रिय सचिब पदमा मनोनित भएपछि अर्यालले आफू निकै खुसी भएको बताएकाछन् । यूरोप क्षेत्रिय समितिले आफूलाई विश्वास गरेर दिएको जिम्मेवारी इमानदारीका साथ पूरागर्ने बताउँदै पदिय जिम्मेवारीमा रहेपनि नरहेपनि सधैं सकारात्मक भूमिका खेल्ने उनले बताए । आप्रवासी नेपाली हकहितको पक्षमा अर्यालले निरन्तर आवाज उठाउँदै आएकछन् ।

नियुक्तिपत्र बुझेपछि आफूलाई गैर नेपाली आवासीय संघ ९एनआरएनएमा० आबद्ध गराई एन आरएनए माल्टाको अध्यक्षको जिम्मेवारी प्रदान गरी कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई अर्यालले सामाजिक संजाल फेसबुक मार्फत धन्यवाद् व्यक्त गरेकाछन् । उनले लेखेकाछन् –“मेरो सफलताको सम्पूर्ण श्रेय माल्टाबासी नेपाली दाजुभाई तथा दिदिबहिनी लगायत सामाजिक संघसस्थाको प्रतिनिधिमा समर्पित गर्दै शुभचिन्तक र समर्थकहरुलाई हार्दिक आभार सहित कृतज्ञता ज्ञापन गर्दर्छु ।”

पछिल्लो निर्वाचनमा मेरो सस्था प्रतिको योगदानको सहि मुल्यांकन गरी माल्टाबाट आईसीसी सदस्य पदमा अत्याधिक मत प्रधान गरी माल्टाको तर्फबाट केन्द्रिय कार्यसमितीमा प्रतिनिधित्व गर्न पठाएको उनले सम्झिए । अर्यालले थप लेखेकाछन्– “विगतको योगदानलाई मुल्यांकन गर्दै गैर आवासीय नेपाली संघ यूरोप क्षेत्रीय समितीले मलाई यूरोपियन कमिटीको सचिब जस्तो गरिमामय पदमा नियुक्त गर्नु भएकोमा युरोप संयोजक डाक्टर चिरन्जीवी खडका ,उपसंयोजक डाक्टर रोबोट लिम्बु ,उपसंयोजक राजु अर्याल, उपसंयोजक महेश अधिकारी, महिला संयोजक प्रसुना कंडेल लगायतको टिमलाई धन्यवाद् व्यक्त गर्दछु ।”

साथै यूरोप युवा संयोजक प्रकाश भण्डारी, यूरोप महिला उपसंयोजक भवानी तिवारी लगायत केन्द्रीय कार्यसमितिका अध्यक्ष डाक्टर बद्री केशी, महासचिब गौरीराज जोशी लगायत सम्पूर्ण कार्यसमितीका पदााधिकारी र विभिन्न देशका आईसीसी केन्द्रिय सदस्यप्रति हार्दिक धन्यवाद् ज्ञापन गर्दछु ।

सुदूरपश्चिम सेवा समाज माल्टाका कोषध्यक्ष दिनेश नगर्जीले माल्टामा समाजसेवी भुवन अर्यालले नेपालीको सुखदुःखमा साथ दिदै आएको बताए । गैर आवासीय नेपाली संघ माल्टाको अध्यक्ष भईसकेका अर्यालले आफ्नो कार्यकालमा धेरै राम्रो काम गरेको उनी बताउँछन् । कैलाली घरभई हाल माल्टामा बस्दै आएका तपेन्द्र परियारले माल्टामा विभिन्न समस्यामा परेका नेपालीहरु अर्याललाई भेट्न आउने र उनीहरुका समस्या सुनेर सहयोग गर्ने गरेको बताए ।

नेपालमा रहँदा पनि सामाजिक कार्यमा अग्रसर देखिएका भुवन २८ अगस्ट २०१८ देखि माल्टालाई आफ्नो कर्मथलो बनाएर कामगदै आएकाछन् । माल्टाबासी नेपालीका सुख दुःखमा साथ दिदै आएका अर्यालले सन् २०२१ देखि २०२३ सम्म एनआरएनए माल्टाको सफल अध्यक्षको रुपमा जिम्मेवारी पूरागरी कामगरी सकेकाछन् ।

अर्यालले २०१८ देखि २०१९ सम्म नेपाल माल्टा कम्युनिटीको सचिब पदमा, त्यसैगरी २०१९ देखि २०२१ सम्म कार्यकालको सचिब पदमा, २०२० देखि २०२१ सम्म नेपाल माल्टा कम्युनिटीको वरिष्ठ उपाध्यक्षका रुपमा अर्यालले जिम्मेवारी सम्हाली सकेकाछन् । सामाजिक कामकै सिलसिलामा पर्चूकल, नेदरल्याण्ड, फ्रान्स, इटाली, र बेल्जिएम लगायत यूरोपका १६ देशको उनले भ्रमण गरी सकेकाछन् ।

 

Open photo

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap