होइन बिकाशको नाममा देशमा के सुन तस्करी मात्रै भइरहेको छ के क्या हो …?


लेखक : सुन्दराञ्चल      मंसिर २५, २०८० मा प्रकाशित     
होइन बिकाशको नाममा देशमा के सुन तस्करी मात्रै भइरहेको छ  के  क्या हो  …?

मंसिर २५, आइतबार बिहान कान्तिपुरमा मुख्य समाचार थियो– १० वर्षमा सात क्विन्टल सुन बरामद । तर पत्रिका बजारमा पुग्दा नपुग्दै अर्को अपडेट आयो– विमानस्थलबाट साढे ६ किलो सुन बरामद । जबकि तीन दिनअघि बिहीबार एकै दिन विमानस्थलबाट १४ किलो र नागढुंगा नाकाबाट दुई किलो सुन बरामद भएको थियो ।

त्यसको दुई दिनअघि न्युरोडबाट सात किलो सुन बरामद भएको थियो । यसरी एक साता नपुग्दै साढे २९ किलो सुन बरामद भएको छ । घटनाक्रम देख्दा लाग्छ, देशमा केही भइरहेको छ भने सुन तस्करी भइरहेको छ । आश्चर्य त के भने सुन बरामदका लागि भएका कारबाहीले तस्करलाई कुनै प्रभाव परेको छैन । उनीहरू आफ्नो धन्दामा निरन्तर र निस्फिक्री लागिरहेका छन् ।

भन्सार विन्दुको फितलो जाँचपास प्रणालीमा प्रश्न त छँदै छ । मुख्य कारोबारीलाई पहिचान गर्न तथा कारबाहीको दायरामा ल्याउन हाम्रा संयन्त्रको अक्षमताका कारण पनि सुनको अवैध ओसारपसारमा लगाम लागेको छैन । सुन बोक्ने एउटा ‘भरिया’ समातिए तस्करले अर्को ‘भरिया’ भर्ती गर्छन् र एउटा बाटोमा हल्लाखल्ला भए अर्को बाटो ल्याउँछन् । तर उनीहरूले कहिलेकाहीं बाटो फेर्छन्, सुन बोक्ने पात्र फेर्छन् तर आफ्नो धन्दा छोड्दैनन् । गिरोह आत्मविश्वासी भएसम्म सुन तस्करको सलबलाहट थामिने सम्भावना देखिँदैन ।

भन्सार पार गरी ट्याक्सीमा राखेर सिनामंगलसम्म ल्याइएको ६१ किलो सुन गत साउन २ मा बरामद गरेर कर्मचारीसहित २९ जनाविरुद्ध मुद्दा चलाइएको छ । यता अदालती कारबाही चल्दै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँचपास प्रणाली बलियो बनाइने अपेक्षा थियो । तर बिहीबार दुबईबाट १४ किलो सुनसहित आएका गोरखाका चन्द्र घले विमानस्थलमा पक्राउ परेको पर्सिपल्टै भन्सार विन्दु पार भइसकेको साढे ६ किलो सुन विमानस्थलबाटै बरामद भयो । इजिप्टका नागरिक दुबईबाट सुन बोकेर आएका थिए । दुई दिनअघि सुन समातिएको खबर आउँदा पनि उनीहरू उही ठाउँ र उही उडानबाट साढे ६ किलो सुनसहित आउनु र भन्सार पनि पार गराउनुले के सन्देश दिन्छ भने तस्करहरू निकै ठूलो धन्दामा छन्, फाटफुट रूपमा भएका कारबाहीले उनीहरूलाई हतोत्साही गराउन सक्दैन, तस्करीविरुद्ध राज्यसंयन्त्रको प्रतिबद्धता निकै कमजोर छ भन्नेमा उनीहरू ढुक्क छन् ।

विमानस्थलको जाँचपास प्रणाली कमजोर छ, नभए कर्मचारीले नै मिलेमतो गरेका छन् भनेर बुझ्नुपर्ने हुन्छ । गोरखाको बारपाकमा भेडा–च्याङ्ग्रा पाल्दै आएका र केही वर्षअघि काठमाडौंमा मासु पसल खोलेका चन्द्र घले पछिल्ला १० महिनामा पाँच पटक त्रिभुवन विमानस्थलबाटै दुबई आउजाउ गरेको देखिएको छ । त्यो आउजाउ सुन ओसारपसारकै लागि भएको आशंका छ ।

गत साउनमा बरामद ६१ किलो सुनमाथि अनुसन्धान गर्ने क्रममा गिरोहका सदस्यहरू पक्राउ पर्नुका साथै तिनीहरूको हिमचिम राजनीतिक तथा प्रशासनिक तहसँग थियो भने खुलेको थियो । त्यसबाट अन्तरदेशीय सुन तस्करीको जालो भत्किएको अनुमान गरिएको थियो । तर लगत्तै तस्करहरूले रसुवा, दोलखा, सिन्धुपाल्चोक, गोरखा लगायतका उत्तरी नाका प्रयोग गर्न थालेको पाइयो । सुन बरामद हुने क्रम भने रोकिएन । प्रहरीले साउनयता मात्र विमानस्थल र स्थल नाकामार्फत अवैध रूपमा भित्र्याइएको करिब एक क्विन्टल सुन बरामद गरेको छ र त्यस क्रममा ९७ जना पक्राउ परिसकेका छन् । अवैध रूपमा भित्र्याइएको सबै सुन प्रहरीले बरामद गर्‍यो भन्न सकिने आधार छैन, सबै बरामद हुने हो भने गिरोहले धन्दालाई निरन्तरता नदिन सक्थ्यो ।

व्यवसायीहरूको भनाइ मान्ने हो भने वैध प्रक्रियाबाट भित्रिने सुन नै नेपाली बजारका लागि पर्याप्त छ । अवैध रूपमा ल्याइने सुन भारततर्फ तस्करी गर्नका लागि हो । भारतमा सुन भित्र्याउँदा १८.४५ प्रतिशत राजस्व तिर्नुपर्छ । त्यही राजस्व छलेर बढी नाफा कमाउन विभिन्न गिरोहले नेपाल हुँदै सुन ओसारपसार गर्दै आएका छन् । पछिल्ला १० वर्षमा ७ क्विन्टल सुन बरामद हुनु र ६ सय जनाभन्दा बढी समातिनुले नै यो धन्दा कति ठूलो छ भन्ने बुझाउँछ । सरकारले बरामद सुनबाट मात्र ५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । तर, मूल लक्ष्य तस्करी रोक्ने हो जसको परिणाम निराशाजनक छ ।

अवैध सुनको अन्तरदेशीय धन्दा चलिरहँदा मुलुककै छविमा असर पर्छ । यसले हाम्रो सुरक्षा प्रणालीमा पनि प्रश्न उठाउँछ । प्रलोभनमा परेर सुन ओसारपसारमा संलग्न हुँदा सर्वसाधारण नागरिक फस्दै जान्छन् । सुनको भुक्तानीका लागि हुन्डीजस्ता गैरकानुनी कारोबार फस्टाउँछ । यसले समानान्तर अर्थतन्त्र पनि विस्तार गर्छ । सँगै अन्य आपराधिक गतिविधि सञ्चालन गर्ने गिरोहको मनोबल बढाउँछ । त्यसैले सुनको यो धन्दा नियन्त्रणमा सरकारले गम्भीरताका साथ कदम चाल्न जरुरी छ ।

तस्करी गर्न पनि सुन विदेशमा किनेरै ल्याइने भएकाले त्यसको भुक्तानी कतै न कतैबाट भइरहेको हुन्छ, त्यसलाई मात्र पछ्याउन सके मुख्य कारोबारी पहिचान गर्न सहज हुन सक्छ । त्यसका लागि सम्बन्धित मुलुकसँग समन्वय गर्नुपर्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा उत्तरी नाकाहरूमा रहेका भन्सार कार्यालयमा जाँचपास प्रणाली थप मजबुत बनाउनुपर्छ, पर्याप्त जनशक्ति परिचालन गर्नुपर्छ । सुनसहित समातिएका व्यक्ति तथा ओसारपसारमा सहजीकरण गरिदिने कर्मचारी वा राजनीतिक दलका नेता कसैलाई पनि कानुनी कारबाहीबाट उन्मुक्ति दिनु हुँदैन । होइन, आक्कलझुक्कल कारबाही गर्ने र त्यसैको प्रचार गर्ने हो भने सुन तस्करी भइरहनेछ, देशको छवि धूमिल भइरहनेछ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap