महादेव गिरी संवाददाता
बाजुरा मंसिर २१, बाजुरा जिल्ला त्रिवेणी नगरपालिका वडा नम्बर ८ मा फरक फरक स्थानमा फरक फरक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नरसिंह माद्यामिक बिद्यालयको पढाइ मेला सम्बन्धी कार्यक्रम भएको हो । नरसिंह माद्यामिक बिद्यालयको पढाइ मेला कार्यक्रम भिम बहादुर थापाको अध्यक्षतामा भएको हो ।
बिद्यालयको पढाइ मेला कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस त्रिवेणी नगर कार्य समिति सभापति सुरेन्द्र राज गिरी रहनु भएको थियो । कार्यक्रम नरसिहं माध्यामिक बिद्यालयको खेल मैदानमा विभिन्न अतिरिक्त कृयाकलापका साथ बालबालिकालाइ पुरस्कार बितरण गरि कार्यक्रम सम्पन्न भयको थियो ।
भने त्रिवेणी नगरपालिका वडा न.८ को वडा कार्यलयमा कपडा बैंकको समह उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कपडा बैंकको कार्यक्रम बिजय राज गिरीको अध्यक्षतामा भएको हो ।

कपडा बैंकको कार्यक्रममा नेपाली कांग्रेस बाजुराका सभापति रामसिंह रावल प्रमुख अतिथि रहनु भएको थियो भने बिशिस्ट अतिथि नगर प्रमुख कर्ण बहादुर थापा र उप प्रमुख कमला न्यौपाने, वडा अध्यक्ष गणेश साउद, गगनजङ्ग बुढा, नन्द थापा, मीन भण्डारी र पारस बुढा रहनु भएको थियो । उक्त कपडा बैकमा कार्यक्रममा स्थानिय कलाकारहरुले आप्mनो देउडा प्रस्तुति देखाएका थिए । भने कपडा बैकले गरिब, असाहय, जेहेन्दार ,असक्त, असाय ,ब्यक्तिहरुलाइ चिसोमा लगाउने लुगा बितरण गरेको थियो ।

