सुदूरपश्चिम महोत्सवको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने


लेखक : सुन्दराञ्चल      मंसिर २१, २०८० मा प्रकाशित     
सुदूरपश्चिम महोत्सवको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

मङि्सर २१ कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको छ । मंसिर २२ गतेबाट पौष २ गतेसम्म हुने महोत्सवको तयारी पूरा भएको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।

संघले बिहीबार पत्रकार सम्मेलन गर्दै महोत्सव तयारीको बारेमा जानकारी दिएको हो । महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने आयोजकले जनाएको छ । महोत्सव शुक्रवार मध्यान्ह साढे बाह्र बजे उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

महोत्सवमा करिब ६ लाख ५० हजार व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । महोत्सवमा चौधरी र राना

समुदायहरूको संस्कृति जर्गेनाको लागि संग्रालयसहितको अलग गाउँ नै निर्माण गरिएको जनाइएको छ । महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु.५०,सर्वसाधारणलाई रु. १ सय टिकट दर र फरक क्षमता भएकालाई निःशुल्क गरिएको जनाइएको छ । उद्घाटनमा प्रधानमन्त्रीलाई १० बुँदे माग सहित १० किलोको माला लगाइने आयोजकले जनाएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap