सुदूरपश्चिम महोत्सवको टिकट अनलाईनबाटै काट्न सकिने


लेखक : सुन्दराञ्चल      मंसिर १८, २०८० मा प्रकाशित     
सुदूरपश्चिम महोत्सवको  टिकट अनलाईनबाटै काट्न सकिने

मंसिर १८,: सुदूरपश्चिम महोत्सवको टिकट खल्तीबाट खरिद गर्न सकिने भएको छ । धनगढीमा संचालन हुदै गरेको कैलाली उद्योग बाणिज्य संघको आयोजनामा यहि मंसिर २२ गतेदेखि पुष २ गतेसम्म लाग्ने महोत्सवको प्रवेश शुल्क मोवाईल वालेट खल्तीबाट खरिद गर्न सकिने जनाएको छ ।

समयको माग,दर्शकको भिड र सुरक्षालाई मध्यनजर गर्दै यस बर्षको टिकट खल्तीबाट बिक्रि गरिने आयोजक कैलाली उद्योग बाणिज्य संघले जानकारी दिएको छ । अघिल्लो बर्षसम्म प्रत्यक्ष महोत्सव स्थलको गेटमा कागजी टिकट विक्री गर्दै आएको आयोजकले यस बर्षदेखि दर्शकको सहजताका लागि मोबाइलबाटै टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको जनाएको छ ।

यस बर्षको महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु ५० र सा धारणालाई रु १०० तोकेको छ । भने फरक क्षमता भएका व्यक्तिहरुको लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । आफ्नो मोबाइलमा भएको खल्तीको एपमा गई दिइएको निर्देशन अनुसार घरमै बसी मोबाइलबाटै टिकट बुक गर्न सकिने छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap