मंसिर १ ,इन्डोनेसियाको मारापी पर्वतमा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ । १२ जना हराइरहेका छन् ।
ज्वालामुखी विस्फोट हुँदा त्यस क्षेत्रमा ७५ जना पदयात्री रहेको बताइएको छ । सोमबार थप ३ जनाको उद्धार गरिएको छ । त्यसअघि ४९ उद्धार गरिएको थियो । उद्धार गरिएकाहरुमध्ये धेरैजसोको शरीर जलेको छ भने उनीहरु निकै कमजोर अवस्थामा रहेका उद्धारकर्मीहरुले बताएका छन् ।
स्थानीयवासीलाई ज्वालामुखी विष्फोट भएको ठाउँभन्दा कम्तीमा तीन किलोमिटर परै रहन निर्देशन जारी गरिएको छ ।