१७ मंसिर, काठमाडौं । फिलिपिन्सको मिन्डानाओमा शक्तिशाली भूकम्प गएको छ । अधिकारीहरुले भूकम्पबाट धेरै क्षति हुनसक्ने अनुमान गरेका छन् ।
अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गएराति साढे १० बजेतिर ७.६म्याग्निच्युडको भूकम्प गएको थियो । यसको गहिराइ ३२ किलोमिटर थियो ।
जापानको सरकारी टेलिभिजन एनएचकेले भूकम्पपछि एक मिटर माथिसम्म समुद्री छाल आउनसक्ने चेतावनी जारी गरिएको जनाएको छ । यो चेतावनीपछि दक्षिण–पश्चिमी जापानी तटसम्मका वस्ती खाली गराउन सुरु गरिएको छ ।

फिलिपिन्समा भूकम्प जानु सामान्य मानिन्छ । फिलिपिन्स प्रशान्त महासागरको चारैतर्फ घुम्ने ज्वालामुखी प्रभावित क्षेत्र हो । त्यसलाई ‘रिङ्ग अफ फायर’ पनि भनिन्छ, जहाँ भुइँचालोको गतिविधि भइरहन्छ ।