विद्युतीय इनिग्मा ब्राण्डको भारतिय स्कुटरको सोरुम संचालन धनगढीमा


लेखक : सुन्दराञ्चल      मंसिर १६, २०८० मा प्रकाशित     
विद्युतीय इनिग्मा ब्राण्डको भारतिय स्कुटरको सोरुम संचालन धनगढीमा

१६ मंसिर : कैलालीको धनगढीमा विद्युतीय इनिग्मा ब्राण्डको भारतिय स्कुटरको सोरुम संचालनमा आएको छ । धनगढीमा राईजिंग ट्रेडिङ कम्पनी प्रालि काठमान्डौले विद्युतीय इनिग्मा ब्राण्डको भारतिय स्कुटरको शोरुम सञ्ंचालनमा आएको हो ।  देशका मुख्य शहर काठमाण्डौं,दाङ र कोहलपुर हुंदै धनगढी स्थित रहेको नवीन ई–ट्रेडर्स एण्ड सप्लायर्स मार्फत सोरुम संचालनमा ल्याएको हो ।

कम्पनीले वातावरणमैत्री मोबिलिटी प्रती सचेत उपभोक्तालाई अन्यको तुलनामा निकै सुपथ मुल्यमा विद्युतीय बाहन उपलब्ध गराउने उद्येश्यले इनिग्माका चार मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ । भारतीय कम्पनीको ब्राण्ड भएकाले यसको हरेक पाटपुर्जा सहजै उपलब्ध रहेको कम्पनीका संचालक दिपक कुमार पौडेलले जानकारी गराए  । उनले  अन्य ब्राण्ड भन्दा उपयुक्त र एकपटक चार्ज गरेमा १ सय देखी १ सय २० किलोमिटर चल्ने जानकारी गराए  ।  जसमा लिथियम ब्याट्रि ३ बर्षको ग्यारेन्टि रहेको छ भने, मोटरमा १ बर्षको वारेन्टी रहेको उनले जानकारी दिए ।

उनले नयां ब्राण्डको विद्युतीय स्कुटर मोबाईल एपको माध्यमबाट लक गर्ने सिस्टम रहेको जानकारी गराए । सवारी चालक बाहेक अन्य व्यक्तिले चोर्न नसक्ने हुंदा भरपर्दो र आरामदायी रहेको उनले जानकारी गराए  । तेलको मुल्यलाई विस्थापित गर्न यस सवारी साधनले आम नागरिकहरुलाई सहजता दिने उद्येश्यले बजारमा ल्याएको नवीन ई–ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक नवीन बिष्टले जानकारी गराए । यो रुपमले २ पांग्रे बाहेक आउने दिनमा अन्य ठुला सवारी साधन समेत धनगढी बजारमा ल्याउने उनले जानकारी गराए । थोक र खुद्रा दरमा वितरण गर्ने भएको हुंदा सुपथ मुल्यमा खरिद गर्न आउन हुन उपभोक्तालाई सञ्चालकले अनुरोध गरेका छन् ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap