१० हजार झोलुगङे पुलहरु निर्माण भएको उपलक्ष्यमा धनगढीमा फोटो प्रर्दशनि कार्यक्रम सम्पन्न


लेखक : सुन्दराञ्चल      कार्तिक २१, २०८० मा प्रकाशित     
१० हजार झोलुगङे पुलहरु निर्माण भएको उपलक्ष्यमा धनगढीमा फोटो प्रर्दशनि कार्यक्रम सम्पन्न

महादेव गिरी सवाददाता

धनगढी २१ कार्तिक,धनगढीमा फोटो प्रर्दशनि कार्यक्रम सम्पन्न गरिएको छ । नेपालमा करिब १० हजार झोलुगङे पुलहरु निर्माण भएको उपलक्ष्यमा धनगढीमा फोटो प्रर्दशनि कार्यक्रम सम्पन्न भएको हो । फोटो प्रर्दशनि कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामीला मन्त्री शिबराज भट्ट रहेका थिए । मन्त्री भट्टले झोलुगङे पुल हिँड्नका लागि मात्र नभएर वारी र पारि गाँउका मानिसमा एक आपसमा भाइचारा सद्दभाव, सत्कार सहयोगी मनपनि जोड्ने काम गर्ने बताए । फोटो प्रर्दशनि कार्यक्रममा अतिथी जगत प्रसाद जोशी ,नेपाल पत्रकार महासंध क्रैलाली जिल्ला अध्यक्ष हिमाल जोशी लगायतको उपस्तिथी रहेको थियो ।
त्यस्तै नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले पहिलेको भन्दा अहिले दुरदराजमा रहेका गाँउमा झोलुगङे पुल बनेको बताए । हरेकका गाउँमा बस्ने मानिहरुका लागि झोलुगङे पुले थप टेवा पुगेको अझै नबनेका गाँउ बस्तीमा झोलुगङे पुलको नितान्त आवश्यक रहेको उनको भनाई छ ।

No description available.
उनले भने, पिछडिएका गाँउ समुदायमा, नेपालका गाँउ बस्तीहरु ६०००,भन्दा बढी नदीनालाहरुले घेरिएका छन् । ती दूरदराजका दुर्गम गाँउहरु धेरैजसो विपन्न र पिछडिएका समुदायका मानिसहरु आफै वरिपरि साँधुरिएर जीवनको गुजारा गर्छन । पारी बिद्यालय छ उनले भने, वारी वालवालिका महिनौं जान सक्दैनन् । खोला उता स्वास्थ्य चौकी छ,पुल छैन बर्खाको उर्लदो भेल काटेर जान सकिन्न थलिएर घरै बस्नु पर्छ । बर्खा हुन अघि नै नुन तेलको जोहो गरी राख्नुपर्छ । उनले भने, असार साउनमा खोला तर्न सक्mिन्न, नदी पारीको बजार पहुँच बाहिर हुन्छ । बारीमा हरीयो सागपात र फलफुल टिप्ने वेला छ । वेच्न जान जँघार तर्नुपर्छ, मान्छे र डाको दुबै बगाउने डर हुने गरेको पत्रकार महासंघ कैलालीका अध्यक्ष जोशीले बताए ।

यस्तो अवस्थामा सन् १९६० देखी नेपालमा झोलुगङे पुल निर्माण गर्न लागेकोमा आजसम्म २०८० सम्म १०,००० झोलुगङे पुल बनेको अबसरमा फोटो प्रदर्शनि गरिएको हो । पहिला नदीमा झोलुगङे पुल नबन्दा बर्खा समयमा पारि बिद्यालय र वारी गाँउ खोला तर्न समस्या हुने गरेको थियो । अभिभावक ,छोराछोरीले उर्लिदो खोला तर्न जोखीम मोलेर बिद्यालयसम्म आवत जावत गर्न समस्या हुँदा बिद्यालय नै छुट्ने गरेको थियो ।

२,४ महिनाको लागि कम्तिमा पढाई नै रोकिने र अनियमित हुने हुँदा खोलापारीका शिक्षकहरु विद्यालय आउन नसक्ने अवस्था रहेको थियो । आहिले झोलुगङे पुल बनेपछि अहिले त्यो समस्या केही राहत भएको छ । १९५० को दशकमा स्वीस विज्ञ सल्लाहकारटोली नेपालको विकास योजनामा तर्जुमा निम्ति सयोग पुर्याउन आएका थिए । त्यसका सदस्य टोली हेगन समेतको सल्लाह र सिफारिशमा नेपालले आधुनिक झोलुगङे पुलहरुको निर्माण १९६४, बाट प्रारम्भ गरिएको थियो । यद्धपी नेपालमा झोलुगङे पुलहरुको निर्माण परारम्परागत शैलीमा धेरै अगाडी भइरहेको थियो । त्यस यता नेपालमा ग्रामिण यातायात पुर्वाधारको प्रमुख आवश्यकता मानिने झोलुगङे पुल निर्माण गर्न लागिएको हो ।आजको समय सम्म आइरदा पहिलेको दाजो भन्दा अहिले निकै फट्कारीएको बताए। कार्यक्रमा बिभिन्न सरोकारवालाका प्रतिनिधी,पत्रकार,पेशाकर्मी लगायतको उपस्तिथी रहेको थियो । भने कार्यक्रमको सञ्चालन पत्रकार नारायण अवस्थिले गरेका थिए ।

Copy link
Powered by Social Snap