डायनामिक टिचर क्लवको आयोजनामा शिक्षकको मेलमिलाप र एककताकालागि धनगढी नगर स्तरीयय शिक्षक फुटसल प्रतियोगिता धनगढीमा सुरु भएको छ । उक्त फुटसल प्रतियोगितामा १६ वटा विद्यालयका १ सय २८ शिक्षकहरुको सहभागिता रहेको छ । सारदा मावि ,वाल्मिकि इन्टर नेस्नल स्कुल , एश्वर्य विद्या निकेतन , शुभकामना बोडिङ ,एरिष्टो बोडिङ, राष्ट्रिय मावि पुनर्बास ,मणिपाल स्कुल , दहल स्कुल , डिस्कभरी स्कुल ,दुर्गालक्ष्मि दहल , लगाएत सहभागि भएकाछन् ।
उक्त प्रतियोगितालाई एसपीए कलेज ,शैलश्वरी पुस्तक पसल ,अवस्थी ग्रुपले प्रायोजन गरेको प्रतियागिताका संयोजक जगदिश जोशीले बताउनुभयो । प्रतियोगितामा प्रथम स्थानले नगद पन्ध्र हजार मेडल प्रमाणपत्र प्राप्त गर्नेछ । द्धितीयले दश हजार र मेडल प्रमाणपत्र , तृतीयले पाँचहजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडिलाई एक हजार नगद मेडल र प्रमाणपत्र प्रदान गर्ने संयोजक जोशीले बताउनु भयो । सोह्र टिममा आठ ,आठ जना शिक्षक सहभागि हुने समेत आयोजकले जनाएको छ । आइतबार धनगढी चटकपुमा रहेको डल्लुज फुटसलमा सुरुभएको उक्त प्रतियोगिताको समापन खेल सोमबार हने बताईएको छ ।