इजरायल रहेका नेपाली विद्यार्थी र नेपाली राजदूतसँग लामिछानेले गरे छलफल


लेखक : सुन्दराञ्चल      अशोज २२, २०८० मा प्रकाशित     
इजरायल रहेका   नेपाली विद्यार्थी र नेपाली राजदूतसँग लामिछानेले गरे छलफल

काठमाडौँ , २२ असोज, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इजरायलस्थित नेपाली राजदूत कान्ता अर्यालसँग छलफल गरेका छन् । सभापति लामिछानेले सोमबार इजरायलमा रहेका विद्यार्थी, नेपाली संस्थाका प्रतिनिधि र राजदूत अर्यालसँग छलफल गरेका हुन् ।

छलफलमा इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीको सुरक्षा अवस्था, उद्धारका लागि भइरहेका प्रयास र सुरक्षित व्यवस्थापनबारे कुराकानी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।
छलफलमा राजदूत अर्यालले द्वन्द्वग्रस्त क्षेत्रमा रहेकालाई सुरक्षित ठाउँमा ल्याउन थालिएको भन्दै संयम अपनाउन आग्रह गरेका थिए । सभापति लामिछानेले द्वन्द्वको संवेदनशीलता बुझेर कदम चाल्न त्यहाँ रहेका नेपाली र दूतावासलाई अनुरोध गरेका छन्।
द्वन्द्वग्रस्त क्षेत्रमा बंकरभित्र बसिरहेका विद्यार्थीले भने तीन दिन बित्दा समेत उद्धारको प्रयास नगरिएको गुनासो गरेका थिए।
Copy link
Powered by Social Snap