नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीकी नेता र उपराष्ट्रपति रामसहायप्रसाद यादव बिच भेट


लेखक : सुन्दराञ्चल      अशोज १, २०८० मा प्रकाशित     
नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीकी नेता र उपराष्ट्रपति रामसहायप्रसाद यादव बिच भेट

१ असोज नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका नेताले उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई भेटेकी छन् । चीनको युनान प्रान्तको सीपीसीका स्थायी समिति सदस्य तथा प्रान्तीय प्रचार विभाग प्रमुख जेङ यानको नेतृत्वको टोलीले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेकी हुन् ।

उपराष्ट्रपति यादवले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको बताए । उनले गत अगस्टमा चीन भ्रमणका क्रममा युनान प्रान्तबाट पाएको अतिथि सत्कारको उच्च प्रशंसा गर्दै युनानको कुनमिङमा ७औं चाइना–साउथ एसिया एक्स्पोजिसन र २७औं चाइना (कुनमिङ) इम्पोर्ट एन्ड एक्स्पोर्ट फेयर सफलतापूर्वक आयोजना गरेकोमा टोलीसमक्ष धन्यवाद व्यक्त गरे ।
चिनियाँ भ्रमण टोलीका नेतृत्व गरेकी जेङ यानले आफूहरुको यो भेटघाटबाट असाध्यै खुशी भएको जनाउँदै दुईदेशीय सम्बन्धलाई थप प्रगाढ, सुदृढ र बलियो बनाउन आफ्नो स्तरबाट प्रयास गर्ने बताइन् ।
Copy link
Powered by Social Snap