एकल तीज नृत्य प्रतियोगितामा पल्लवी बनिन् प्रथम


लेखक : सुन्दराञ्चल      भदौ ३१, २०८० मा प्रकाशित     
एकल तीज नृत्य प्रतियोगितामा पल्लवी बनिन् प्रथम

महादेव गिरी संवाददता 

कैलाली भदौ ३१, एकल तीज नृत्य प्रतियोगितामा उत्कृष्ट नृत्य प्रस्तुत गरेर पल्लवी बिसी प्रथम बन्न सफल भएकीछन । लम्कीचुहा नगरपालिका वडा न.६ वडाको सहयोगमा विकशिल मूल समितिको आयोजनामा शनिबार वडा कार्यालयमा भएको तीज नृत्य प्रतियोगितामा आफ्ना प्रतिस्प्रधीलाई पछाडी पार्दै पल्लवी प्रथम बन्न सफल भएकीहुन ।

लम्कीचुहा नगरपालिका वडा न.६ चैनपुर बस्ने पल्लवी नृत्य प्रस्तुत गरेर समाजमा सम्मानित र पुरस्कृत हुँदै आएकीछन् । उनको आकर्षक नृत्यलाई सबैले रुचाउने गरेकाछन् । वडा कर्यालयले नै आयोजजा गरेको गतसालको तीज नृत्य प्रतियोगितामा पल्लवी तृतीय स्थान ल्याउन सफल भएकी थिईन् ।

लम्कीचुहा नगरपालिका कार्यपालिका सदस्य एवम् एकल तीज नृत्य प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि दिपा रावतले बधाई तथा शुभककामना दिदै अबिर, खादा लगाएर प्रमाणपत्र र पुरस्कार वितरण गरेकी थिईन् । प्रथम पुरस्कार पाउँदा आफूलाई निकै खुसी लागेको पल्लवीले बताईन् । उनले भनिन् –“ पहिलेको तीज नृत्य प्रतियोगितामा तेस्रो भएकी थिए । अबहुने नृत्य प्रतियोगितामा प्रथम हुने सोच राखेर मैले तयारी गरेकी थिए । तयारी गरे अनुसार प्रथम भई पुरस्कार पाउँदा आज म धेरै खुसी भएकी छु ।”

क्याम्ब्रिज ईङ्लिस बोर्डिङ स्कूल बलियामा कक्षा ६ मा अध्यनरत पल्लवी विद्यालयले आयोजना गर्ने कार्यक्रममा सधैं अग्रसर हुने गरेकीछन् । गाउँघरमा हुने कार्यक्रममा उनको अनिबार्य नृत्य रहने गरेको छ । पल्लवीको नृत्यलाई मन पराएर कार्यक्रमका दर्शकहरुले रुपैया पुरस्कार दिने गरेको समाजसेवी रती बिकले बताए । उमेरले सानो भएपनि व्यवहार निकै राम्रो रहेको उनले बताए ।

पल्लवीको प्रतिभा प्रशंसायोग्य छ र उनको नृत्यलाई सबैले मन पराउने गरेकाछन् । आजको नृत्य धेरै उत्कृष्ट रहेको थियो । गतसाल पनि म निर्णायक थिए अहिले पनि निर्णायक भूमिकामा थिए । गतसालको भन्दा अहिले नृत्यमा धेरै राम्रो विकास गरेर नै प्रथम भएको निर्मला बुढाले बताईन् । रचनात्मक काममा रुची भएपनि विशेष गरी नृत्यमा धेरै रुची राख्ने गरेको बुवा धनराज अविरलले बताए ।

Copy link
Powered by Social Snap