१६ भदौ ,ऐतिहासिक गाउँ खोकनामा अवस्थित दे पुखु पोखरीमा जिउँदो कुमारीपाठी बाख्रा फालेर मनाइने जात्रा शनिबार मनाइएको छ। हरेक वर्षको भाद्र कृष्ण द्वितीयाका दिन यो पर्व मनाउने गरिएको छ। प्राचीनकालदेखि नै यो जात्राको प्रारम्भ भएको बताइएको छ।
बाख्रालाई पोखरीमा फालेपछि बाहिर आउन नदिन पोखरीको वरिपरि मानिसको भीड लाग्ने गरेको छ। उक्त जात्रा हेर्नका लागि छिमेकी गाउँ बुङ्मती, चापागाउँ, डुकुछाप, सुनाकोठी, थेचोलगायतका बासिन्दा आउँछन्।