महादेव गिरी संवाददाता
धनगढी जेष्ठ १६, धनगढी शिवनगरमा रहेको चैतन्य पाठशालाले एक दिने अभिभावक अभिमुखिकरण कार्यक्रम गरेको छ । चैतन्य पाठशालाका स्कुलका अभिभावकहरूको सहभागितामा सोमवार पाठशालाले विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका अभिभावकहरुसँग एक दिने अभिमुखिकरण कार्यक्रम गरेको थियो ।
चैतन्य पाठशालाका अध्यक्ष गणेशराज जोशीले अभिभावक भन्ने शब्द गहन र महत्वपुर्ण बिशेष अर्थ राख्ने शब्द भएकाले यस्को महत्व बुझ्न जरुरी रहेको बताए। कुनै पनी मान्छे अभिभावकको भुमिकामा रहेपछि बालबालीकालाई जन्म दिनु र भौतिक परिपुर्ती गर्नु मात्रै नभएर जिम्मेबार र असल अभिभावक बन्नु ठुलो कुरा भएको बताए। तब असल अभिभावक, असल शिक्षक,समाज,देश बन्ने दाबी गरे।
विद्यार्थीलाई शिक्षा र संस्कारसँगै दिदै आएको चैतन्य पाठशालाले सो मान्यतालाई आत्मसाथ गर्दै आएको बताए। उनले सो कुराहरु अभिभावक, बिद्यार्थी, शिक्षक,समाजले बुझ्नुपर्ने धारणा राखेका छन्।त्यही उद्येशय अनुसार चैतन्य पाठशाला स्थापना गरिएकाले बिद्यालयको टिम, प्रधानाध्यापक ,शिक्षक शिक्षीका निरन्तर जोम्बो टिम लागी रहेको बताए।
चैतन्य पाठशालाका प्रधानाध्यापक हरि जोशीले शिक्षा र संस्कार मात्र नभइ चैतन्य पाठशालाले, विवेक र चेतनाको उजागर गर्ने भावनालाई अगाडि बढाउने उदेश्य राखेको प्रतिबद्धता ब्यक्त गरेका छन्। पाठशालाका सहायक प्राध्यानाध्यापक कटक बहादुर सिँहले विद्यार्थीहरूमा चैतन्य अवधारणा फैलाउन अभिभावकको भुमिका महत्वपुर्ण हुने बताएका छन्। कार्यक्रममा अभिभावक, शिक्षक तथा बिद्यार्थीहरुको समेत उपस्थीती रहेको थियो। कार्यक्रममा साँगीतिक प्रस्तुती राखिएको थियो ।