बेंगलोरतर्फ उडेको आर ए २४४ कलसाइनको विमान चरा ठोक्किएको आशंकामा,त्रिभुवन विमानस्थलमा नै फर्किए


लेखक : सुन्दराञ्चल      जेष्ठ १३, २०८० मा प्रकाशित     
बेंगलोरतर्फ उडेको आर ए २४४ कलसाइनको विमान चरा ठोक्किएको आशंकामा,त्रिभुवन विमानस्थलमा नै फर्किए

काठमाडौं १३ जेठ, । काठमाडौंबाट भारतको बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको छ ।

शनिबार दिउँसो पौने २ बजे काठमाडौंबाट बेंगलोरतर्फ उडेको आर ए २४४ कलसाइनको विमान चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

उनका अनुसार अहिले प्राविधिकहरुले उक्त जहाजको परीक्षण गरिरहेका छन्
Copy link
Powered by Social Snap