९ चैत्र त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सार्ने निर्णयविरुद्ध तीन विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन् । नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले परीक्षा केन्द्र सार्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् ।
परीक्षा प्रणालीलाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा विद्यार्थीहरूलाई मनोवैज्ञानिक रुपमा असर पर्ने गरी स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र सार्ने निर्णय गरेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् । १२ चैत २०७९ बाट चौथो वर्षको परीक्षा सञ्चालन हुँदैछ ।