धनगढीमा रहेको चैतन्य पाठशालाद्धारा आयोजित अभिभावक शिक्षा कार्यक्रम सम्पन्न


लेखक : सुन्दराञ्चल      फाल्गुन २७, २०७९ मा प्रकाशित     
धनगढीमा रहेको चैतन्य पाठशालाद्धारा आयोजित अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

महादेव गिरी संवाददाता,

धनगढी फागुन २७ ,धनगढी उपमहानगरपालीका ५ शिवनगरमा  मा रहेको चैतन्य पाठशालाद्धारा आयोजित अभिभावक शिक्षा कार्यक्रम अन्तरगत असल शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।  चैतन्य पाठशालाद्धारा आयोजित अभिभावक शिक्षा कार्यक्रम असल शिक्षा कार्यक्रमलाई चैतन्य पाठशालाका कार्यकारी अधिकृत गणेश प्रसाद जोशीको अध्यक्षतामा  सम्पन्न भएको हो ।

बिद्यार्थीलाई शिक्षा, संस्कार, सभ्यता सिकाउनु भन्दा पहिला असल अभिभावक बन्नुपर्ने अभिभावक शिक्षा विषय असल अभिभावक शिक्षा कार्यक्रम गरेको थियो । अभिभावक शिक्षा कार्यक्रमको चौथो श्रृङखला कार्यक्रममा योगी तथा आध्यात्मक वक्ता,  नवराज छम फुयाँलले बिद्यालयको शिक्षा भन्दा बिद्यार्थीलाई घरबाटै संस्कारको आवश्यकता पर्ने बताए ।

No description available.

त्यसका लागी पहिला असल अभिभावक बन्नुपर्ने बताए । घरपरिवारका सदस्य तथा अभिभावकबाट नै बिद्यार्थी तथा छोराछोरीले सो शिक्षा, संस्कार र सभ्यता सिक्ने भएकाले राम्रो आमाबुवा बन्नुपर्ने बिचार ब्यक्त गरे । हरेक बिद्यार्थीका आमा बुवाले दवाब नदिएर उनीहरुको स्वभाव, चाहाना र इच्छा अनुसार शिक्षा, संस्कार र सभ्यताको पढाईलाई जोड दिनुपर्ने बताए । योगी तथा आध्यात्मक वक्ता,  नवराज छमले एउटा बच्चाले बिद्यालय भन्दा बाहिर घरमा अभिभावकसँग बढी समय बिताउने हुँदा बिद्याथी तथा छोराछोरीको बानीहरुलाइ अभिभावककै देखासिकी सिक्ने गरेको बताए ।

No description available.

उनले भने, पहिला त बिद्याथी तथा बालबच्चालाई रेस्पेक्ट दिन्छौँ की दिदैनौँ, आमा, बुबा पहिला उदाहरणीय आम,ाबुबा बन्नुपर्ने, बताए । समयको ख्याल गर्ने, र संधर्ष र मेहनतको कुरा सिकाउन जरुरी रहेको बताए । उनले भने, अचेलका बिद्याथीहरु राती धेरै मोवाईल चलाउने गर्दछन्, त्यसलाई सहिसदुपयोग गर्नुपर्छ निश्चीत आवश्यक प्रयोग गर्नुपर्छ, प्रर्याप्त ८ घण्टा निन्द्रालाई समय दिनुपर्ने हुन्छ उनले भने । यस्तै उनले धनगढी उपमहानगरपालीका क्षेत्रमा यस्तो संस्कार र सभ्यतायुक्त बिद्यालय चैतन्य पठाशाला भएको बताएका छन् । उनले असल र खराब बानीको बारेमा अभिभावक र शिक्षकबिच सहजिकरणको भुमिका महत्वपुर्ण रहने गरेको छ । उक्त अभिभावक शिक्षा कार्यक्रममा चैतन्य पाठशालाका कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले शिक्षा संस्कार सभ्यताको

No description available.

अभ्यासको जरुरत पर्ने बताए। यसमा कसरी बिद्यार्थी, अभिभावक, शिक्षकबाटै सकारात्मक कुराको बिकास हुन्छ त्यसरी नै त्यो कुराको पालना गर्नुपर्ने कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले बताए। तबमात्रै भौतिक सुख सुबिधा भन्दा नैतिकशिक्षा तथा संस्कारबाट ब्यवहारीक शिक्षा, स्वास्थ्य लगायतको बिकास हुने जानकारी दिए । कार्यक्रमा पिटिय अध्यक्ष ईश्वर गिरी, चैतन्य पाठशालाका प्रधानाध्यापक हरि प्रसाद जोशी ,अभिभावक,बिद्यार्थी,बिद्यालयका शिक्षक,मान्यजनहरु, करिव १६० जनाको उपस्थित रहेको थियो भने कार्यक्रमको सहजीकरण शिक्षीका टिका कुवँरले गर्नु भएको थियो, भने स्वागत मन्तव्य साहायक प्रधानाध्यापक कटक बहादुर सिहंले गर्नु भएको थियो । No description available.

 

Copy link
Powered by Social Snap