फागुन २६ रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ को प्रसारण आव शुक्रबारदेखि हुने भएको छ । निर्माण युनिटले बिहिबार बानेश्वरस्थित वान सिनेमाज् हलमा शोको पहिलो एपिसोड प्रिमियर गर्दै प्रचारको बिषयमा जानकारी दिएको हो ।
कार्यक्रम हिमालय टेलिभिजनबाट शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुनेछ । निर्देशक पौडेलका अनुसार पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’ सम्मका एपिसोड प्रसारण हुनेछन् । डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छानिएका ६५ जना प्रतिभाले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्नेछन् । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।