१७ फागुन, । सेयर बजार परिसूचक नेप्सेमा १.२१ प्रतिशतले गिरावट हुँदा २ महिनापछि २ हजार अंकको बिन्दुबाट तल झरेर बन्द भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २१.४४ अंकले गिरावट भएर १९९५.४९ अंकमा बन्द भएको छ ।
नयाँ सरकार गठन भएर अर्थतन्त्रीमा विष्णु पौडेन नियुक्त भएसँगै बजार बढेर १४ पुसमा २ हजार अंकको बिन्दुबाट माथि लागेको थियो । नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकममा पनि संकुचन भएको छ । बुधबार सबै उपसूचकमा गिरावट हुँदा उत्पादनमुलक उपसूचक २.६५ प्रतिशतले गिरावट भएको छ ।
यस्तै शिवम् सिमेन्टको ८ करोड ४० लाख ८० हजार र हिमालयन डिष्टिलरीको ३ करोड ३६ लाख ४० हजारको कारोबार भएको छ ।
बोटलर्स नेपाल तराईको सेयरमूल्य ९.६१ प्रतिशतले गिरावट हुँदा सीवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ५.७६ प्रतिशत र उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ५.४४ प्रतिशतले गिरावट भएको छ , एजेन्सी