नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै


लेखक : सुन्दराञ्चल      माघ २७, २०७९ मा प्रकाशित     
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै

माघ २७   नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै दैनिक तरलता सुविधा अन्तरगतको ओभानइट तरलता सुविधाको ब्याजदर घटाएको छ ।

शुक्रबार विहान मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्र्दै सकारले आन्तरिक ऋण परिचालनको लागत उच्च भएपछि बैंक्हरुले राष्ट्र बैंकबाट लिने तथरलता सुविधाको ब्याजदर घटाएको हो ।

‘बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा यस बैंकले उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलव्ध हुने व्यवस्था मिलाइनेछ,’ राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत भनेको छ । यसअघि ८.५ प्रतिशत रहेको उक्त तरलता सुविधा अब ७ प्रतिशत ब्याजदरमा पाइने भएको छ ।

अन्तरबैंक ब्याजदर ४ प्रतिशतमा आउादा पनि बैंकहरुले राष्ट्र बैंकबाट पाइने तरलता सुविधाको ब्याजदर महाँगो भएको भन्दै सरकारी ऋणपत्रको ब्याजदर नघटाएपछि राष्ट्र बैंकले बैंक दर र नीतिगत दर र निक्षेप संकलन दर यथावत राख्दै ओभरनाइट तरलता सुविधाको ब्याजदर भने घटाएको छ ।

Copy link
Powered by Social Snap