सुदूरपश्चिम महोत्सवको तयारी ६० प्रतिशत काम सम्पन्न


लेखक : सुन्दराञ्चल      मंसिर १३, २०७९ मा प्रकाशित     
सुदूरपश्चिम महोत्सवको तयारी ६० प्रतिशत काम सम्पन्न

महादेव गिरी संवाददाता

धनगढी मंसिर १३, यही मंसिर २२ गतेदेखि पुस २ गतेसम्म आयोजना हुने सुदूरपश्चिम महोत्सवको तयारी ६० प्रतिशत काम सम्पन्न भएको छ । १६ औँ संस्करणको महोत्सबको उद्घाटन प्रधानमन्त्री शेर बहादुर देउवाले गर्नु हुने आयोजकले बताए ।

कैलाली उदोग बाणिज्य संघका अनुसार महोत्सवमा राष्ट्रिय कलाकारहरुको बेजोड उपस्थिति रहने कैलाली उद्योग बाणिज्य सँघले बताए । कैलाली उद्योग बाणिज्य संघका अनुसार सुदूरपश्चिम महोत्सबमा चर्चित लोक तथा दोहोरी गायकहरु प्रमोद खरेल, पशुपति शर्मा ,राम्जी खाँण, राजेश पायल राइ, सुगम पोखरेल,रमेशराज भट्टराई, खुमन अधिकारी ,प्रिति आले, प्रकाश सपुत , टंक तिमिल्सिना,चक्र बम, टंक तिमिल्सिना,रबि ओड, प्रताब दास , अस्मिता अधिकारि लगायतका कलाकारहरुको उपस्थिति रहने आयोजकले जानकारी दिए ।

सुदूरपश्चिम महोत्सब सञ्चालन देखि सम्पन्न अवधीसम्म शान्ती सुरक्षाका लागी जिल्ला प्रशासन र जिल्लाका प्रहरी कार्यालयहरुमा पत्राचार गरिएको बताए ।

भने सर्वसाधारणका लागी १०० रुपैयाँ टिकट र विद्यार्थीहरुलाई आइडि कार्ड मार्फत ५० प्रतिशत छुट उद्योग बाणिज्य संघले बताए । आफ्नै स्थानीय उत्पादन, कृषि प्रदर्शनलाई प्राथमिकता दिइने छ । भने महोत्सव धनगढी उपमहागनरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन हुने कैलाली उद्योग बाणिज्य सँघका कार्यकारी निर्देशक गोमा अधिकारीले जानकारी दिए।

Copy link
Powered by Social Snap