बाजुरा मंसिर ५, — सुदूरपश्चिम बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका ७ बस्ने चेतन अयडीको काँग्रेसका कार्यकर्ताको कुटपिट बाट मृत्यु भएको छ । निर्घात कुटपिट भएको छ । भने अयडिको मृत्यु भइसकेको बयलपाटा अस्पतालको प्रमुख डा, मन्दिप पाठकले वताएका छन् ।
त्रिबेणी ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई लिएर नेपाली काँग्रेसका कार्यक्रताहरुले चेतन अयडी घरमै गएर कुटपिट गरेर हत्या गरेका छन । अयडि घर भित्र रहेको बेला घर भित्र बाट तानेर उनलाइृ निर्घात कुटपिट गरेको थियो ।
अयडिलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगेका थिए । अस्पताल पुगाउने बित्तिकै अयडिको चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । डा, पाठकका अनुसार अस्पताल पुयाउदा उहाँको मृत्यु भइसकेको वताएका छन् । अयडिको शब अहिले बयलपाटा अस्पतालको शबगृहमा राखिएको अस्पतालले जनाएको छ ।
त्रिबेणी ७ मा दिउसो मतदानको समयमा नेपाली काँग्रेसका कार्यकर्ताले बुद कब्जा गर्न खोजेपछी सुरक्षाकर्मीले गोली चलाउदा एक जनाको घटना स्थलमै मृत्यु भए पश्चात बिबादले चर्को रुप लिएको थियो । सुरक्षाकर्मीको गोलि लागेर स्थानिय काँग्रेस कार्यकर्ताको सञ्जिब अयडिको मृत्यु भएको थियो ।