राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको घरको गेटमा संकास्पद वस्तु फेला


लेखक : सुन्दराञ्चल      कार्तिक १३, २०७९ मा प्रकाशित     
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको घरको गेटमा संकास्पद वस्तु फेला

कात्तिक १३ बुटवलमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको घरमा संकास्पद वस्तु फेला परेको छ । बुटवल १२ नयाँ गाउँमा पौडेलको दुई तले घरको गेटमा काटुनमा खतरा लेखिएको बम जस्तै देखिने वस्तु आज बिहान भेटिएको हो ।

 

संकास्पद वस्तु भेटिएपछि अहिले प्रहरी घटनास्थल पुगेको छ । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले प्रहरी घटनास्थलमा भर्खर पुगेकोले विस्तृत विवरण आउन बाँकी रहेको बताए । उम्मेदवार पौडेलले बिहानै आफू घर बाहिर निस्केको अहिले जाँदा गेटमा काटुनमा संकास्पद वस्तु देखिएको बताए

Copy link
Powered by Social Snap