प्राइम मिनिस्टर कप एक दिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक


लेखक : सुन्दराञ्चल      कार्तिक ४, २०७९ मा प्रकाशित     
प्राइम मिनिस्टर कप एक दिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक

४ कात्तिक, काठमाडौं । काठमाडौंमा कात्तिक १३ गतेदेखि काठमाडौंमा हुने प्राइम मिनिस्टर कप एक दिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिमको सहभागिता रहने छ ।समूह एमा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश छन् ।

यस्तै समूह बीमा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र प्रदेश १ छन् । हरेक समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा र मुलपानी क्रिकेट मैदानमा गरेर दैनिक दुई खेल हुने क्यानले जनाएको छ । फाइनल खेल २६ कात्तिकमा हुने छ ।
Copy link
Powered by Social Snap