३ कात्तिक, पोखरा । गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज (बिहीबार) सकिँदैछ ।
‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उदघाटन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रंगशालामा बिहीबार विशेष समारोहका बीच समापन गरिनेछ ।
पोखरा रंगशालामा पुरुष फुटबल फाइनल खेलपछि ४ बजे समापन समारोह सुरु हुनेछ । यस्तै सहभागी टिमको मार्चपास, प्रकाश सपुत र मिलन नेवाको सांगीतिक प्रस्तुती पनि रहनेछ ।
नवौं राष्ट्रिय खेलकुदमा ११ टिमका ६ हजार बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।